उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कन्काई नगरपालिकाले  विजयी सुरुवात गरेको छ । कन्काइले एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको दोस्रो खेलमा गोदावरी नगरपालिकामाथि १२-० को फराकिलो जित दर्ता गरेको हो । कन्काईको एकतर्फी जितमा कुशुम खतिवडाले दोहोरो ह्याट्रिक पूरा गर्दा लक्ष्मी श्रेष्ठले ४, मनिता तुम्रुक र हिमा राइले एक-एक गोल गरे ।

कुशुमले १९,६०,७२,८०,८६औं मिनेट र दोस्रो हाफको थप गरिएको समयमा गोल गर्दै आफ्नो दोहोरो ह्याट्रिक पूरा गरिन् । लक्ष्मीले १६,२५,पहिलो हाफको थप गरिएको समय र ४८औं मिनेटमा गोल गर्दा मनिताले ५७ तथा हिमाले ६३औं मिनेटमा गोल गरे ।

छनोट प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल पुग्ने टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०-२० हजार पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah