काठमाडौं, नेपालमा हालसम्म एक करोड ५० लाख ५८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएदेखि एक करोड ५० लाख ५८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कात्तिक ३ गतेसम्म देशभर एक करोड ५० लाख ५८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयलयको तथ्यांक छ, जसमध्ये ८५ लाख ६८ हजार २६२ जनाले पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ जनाले पूर्ण मात्रा खोप लगाइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै १८ वर्ष वा सोभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनसंख्यामध्ये ४३।० प्रतिशतले पहिलो मात्रा र ३२।६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ।

नेपालमा हालसम्म एक करोड ८८ लाख ५८ हजार ७१० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये भारत सरकारको अनुदानमा १० लाख कोभिशिल्ड खोप, भारतसँग सरकारले खरिद गरेको १० लाख कोभिशिल्ड, कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार कोभिशिल्ड, नेपाली सेनालाई अनुदानमा प्राप्त एक लाख कोभिशिल्ड, चीनबाट अनुदानप्राप्त आठ लाख भेरोसेल, चीनबाट अनुदानमाप्राप्त १० लाख र कोभ्याक्स सुविधाबाट प्राप्त १५ लाख ३५ हजार ८५० भेरोसेल खोप प्राप्त भएको थियो।

त्यस्तै चीनबाट खरिद गरिएको ४० लाख भेरोसेल, भुटानबाट अनुदानमा प्राप्त दुई लाख ३० हजार अस्ट्राजेनेका, जापानबाट अनुदानमा प्राप्त १६ लाख १४ हजार ७४० अस्ट्राजेनेका, चीनबाट खरिद गरिएको १६ लाख भेरोसेल, बेलायतबाट अनुदानमा प्राप्त एक लाख ३१ हजार १२० अस्ट्राजेनेका, चीनबाट खरिद गरिएको ४४ लाख भेरोसेल र रेडक्रसबाट अनुदानमा प्राप्त एक लाख भेरोसेल खोप प्राप्त भइसकेकोको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत वर्षको माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो। त्यसदिन सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिन सुरु गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah