नेपालमा शनिबार थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ हजार ९ सय ७२ पिसिआर परिक्षणका क्रममा ४ सय ३८ जना र १ हजार ९ सय ५९ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाकै कारण थप ८ जनाको मृत्यु भएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा २४५९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३०२, भक्तपुरमा ५७२ र ललितपुरमा ५८५ सक्रिय संक्रमित छन्।
हालसम्म नेपालमा ११ हजार ३ सय ४५ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ ।



