काठमाडौं । सोयाबीन अर्थात भटमासको मस्यौरा जसलाई आमरुपमा त्यति राम्रो तरकारीको रुपमा मानिँदैन तर यसका फाइदा थाहा पाउनुभयो भने हामी अचम्ममा पर्छाैं । सोयाबीनको प्रयोग हाम्रो शरीरका लागि निकै फाइदाजनक हुन्छ।

सोयाबीनमा प्रोटीनको मात्रा धेरै हुन्छ भने भिटामि ‘बी’ र विटामिन ‘इ’को मात्र प्रचुर हुन्छ । जसले शरीरका लागि आवस्यक एमिनो एसिडको कमी पूरी गर्छ ।

सबैलाई थाहा छैन होला सोयाबीनमा दूध, अण्डा तथा मासुभन्दा धेरै प्रोटीन दिने खाद्य पदार्थ हाे ।

हड्डि बलिया हुन्छन्
सोयाबीनमा आइसोफ्लेवोंस नामक रसायन पाइन्छ । जसले विशेष गरेर महिलाको शरीरको हड्डिलाई कमजोर हुनबाट जोगाउँछ ।

एसिडिटीबाट राहत
यदी तपाईं एसिडिटीको समस्याबाट ग्रसित हुनुहुन्छ भने सोयाबीनको आँटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ एसिडिटीको समस्या हट्छ ।

मानसिक संतुलन ठीक गर्छ
जो तनाव र मानसिक रोगबाट पीडित हुन्छन् उनीहरुका लागि सोयाबीन फाइदाजनक हुन्छ । यसकारण मानसिक रोगीले आफ्नो खानपिलनमा सोयाबीन खान आवश्यक छ । जसले दिमाग तेज बनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय