हरेक दुलहा–दुलही आफ्नो विवाहको दिनमा सबैभन्दा उत्कृष्ट देखिन चाहन्छन् । विवाहलाई अविष्मरणीय बनाउनका लागि उनीहरु पूरा कोसिस गर्छन् । महिला आफ्नो विवाहको पहिरनको विषयमा विशेष ध्यान दिन्छन् । साधारणतया, विवाहमा साडी वा लेहेङ्गा लगाउने गरिन्छ तर एक आधुनिक बेहुलीले जब केही भिन्न लगाउने कोसिस गर्छिन् तब उनी ट्रोलिङको शिकार हुनुपर्यो । पेशाले वकिल र ब्लगर भारतीय सञ्जना ऋषिले अघिल्लो वर्ष आफ्नो विवाहमा लेहेङ्गाको साटो पाइन्ट सुट लगाएकी थिइन् ।

उनले घुम्टो पनि राखेकी थिइन् । यो भिन्न शैलीको पहिरनका लागि त्यतिबेला सञ्जनाले निकै ट्रोल हुनु परेको थियो । अब एक वर्षपछि सञ्जनाले आफ्नो ग’र्भावस्थामा पुनः त्यहि पहिरन लगाएकी छिन् ।सन् २०२० मा सञ्जनाले आफ्ना प्रेमी धु्रव महाजनसँग विवाह गरेका थिए । विवाह निकै भव्य तरिकाले भएको थियो । यद्यपि, आफ्नो पहिरनका लागि सञ्जनाले त्यतिबेला सोसल मिडियामा असाध्यै धेरै आलोचना खेप्नुपरेको थियो । दुलहीको रुपमा कुनै महिलालाई पाइन्ट सुटमा देखिँदा धेरैलाई चित्त बुझेन । पाउडर ब्ल्यू रङको पाइन्टसुटमा सञ्जनाले हिराको नेकलेस र सुन्दर मांग टिका लगाएकी थिइन् ।

हल्का मेकअपमा सञ्जनाको यो ब्राइडल लुक निकै भिन्न थियो ।सञ्जनाले यो लुकमा एक प्रयोगकर्ताले कमेन्ट गरेका थिए, ‘विवाह गर्र्दै छौ कि मिटिङमा जाँदै छौ । ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यदि तपाईंलाई भारतीय पारम्परिक पहिरन मन पर्दैन भने केटा चाहिँ किन भारतीय नै छान्नुभयो ?’ यस्तै कतिले सञ्जनाको संस्कारमाथि पनि प्रश्न उठाए ।विवाहको एक वर्षपछि सञ्जनाले आफू ग’र्भवती भएको घोषणा गरेकी थिइन् । आफ्नो प्रेग्नेन्सी सुटमा सञ्जनाले आफ्नो वेडिङ लुकलाई रिक्रियट गरेर ट्रोलर्सलाई कडा जवाफ दिएकी छिन् । यद्यपि, ग’र्भावस्थाको फोटोसुटमा सञ्जनाले यो पहिरनलाई एउटा ट्वीस्ट दिएकी छिने ।

सञ्जनाले आफ्नो विवाहको पहिरनको कोटलाई प्रिन्टेड फ्लोरल र स्ट्रा’इप प्याटर्नको सुन्दर साडीसँग मिलाइन् । सञ्जनाले निकै बिन्दास तरिकाले आफ्नो पेट देखाइरहेकी छिन् ।आफ्नो इन्स्टाग्राम अकाउन्टमा सञ्जनाले ती तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘अघिल्लो वर्ष केही मानिसहरुले मेरो विवाहको पहिरनलाई भारतीय विरोधी बताएका थिए । यो वर्ष तपाईंहरुलाई खुसी पार्न मैले साडी लगाएकी छु । मलाई कमेन्टमा तारिफबाहेक केही पनि चाहिँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah