यसमा करिब ३० हजार ले सहभागिता जनाउने अपेक्षा गरिएको थियो। अक्टोबर ३१ मा प्रतियोगिता हुने तय थियो। म्याराथन आयोजकले संक्रमण बढ्नसक्ने देखिएका कारण कार्यक्रम स्थगित गर्न परेको जनाएका छन्। विशेषगरी खेलाडी, कर्मचारी र स्थानीयको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले खेल रोकिएको उनीहरुले जनाएका छन्।
पछिल्लो समय चीनले संक्रमणको प्रभाव बढी भएका मुलुकमा यात्रा गरेकालाई कडाइ गर्न थालेको छ। संक्रमण बढ्न नदिनका लागि उसले प्रान्तीय स्तरका टुर एन्ड ट्राभल एजेन्सीमाथि रोक लगाएको छ। चीनले जेरो-कोभिड रणनीति लागू गरेर यसमाथि नियन्त्रणको प्रयास अगाडि बढाइरहेको छ। चीनको ७५.६ प्रतिशत जनसंख्याले कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन्।



