इन्डोनेशियामा एक किशोरले कानूनी र सामाजिक मान्तको विपरित ७० वर्ष भन्दा बढि उमेरकी महिलासँग विवाह गरेका छन् ।
मात्र १६ वर्षीय ती युवक अझै पनि विवाह गर्ने उमेरका भइसकेका छैनन्् तर गाउँका अधिकारीहरुले यस्तो अव्यवहारिक र अपञ्जीकृत विवाहलाई अनुमति दिन वाध्य भए । किनकी आफूहरुको विवाह हुन नदिए उक्त जोडी आत्महत्या गर्ने अवस्थामा पुगिसकेको थियो ।
इन्डोनेशियाको कानून अनुसार, विवाहका लागि महिलाको उमेर १६ र पुरुषको उमेर १९ हुनै पर्ने प्रावधान छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, जब युवक मलेरियाको रोगबाट पीडित थिए, तब त्यही महिलाले उनको हेरचाह गरेकी थिइन् र पछि तिनीहरु नजिक भए ।

सिक आनी दक्षिण सुमत्रा गाउँका प्रमुखले एपिएफसँग कुरा गर्दै भने, ‘युवकको विवाह गर्ने उमेर भइसकेको छैन । यद्दपि हामी ती दुईको असुहाँदो विवाह गर्ने निर्णयमा पुग्यौं ।’ ती युवकको नाम सिलामत र ती महिलाको नाम रोहया हो । ती महिलाको उमेर ७१ देखि ७५ वर्षको बीचमा रहेको बताइएको छ ।
समाचारका अनुसार, यो रोहयाको तेस्रो विवाह हो । उनका दुई पूर्वपतिबाट जन्मिएका सन्तानहरु पनि छन् ।



