छोराछोरीको कामले कतिपटक बुवाआमाको शिर उचो बनाइदिन्छ भने ठिकविपरीत गलत तथा लापरबाहीले बुबाआमाले मिहिनेतले कमाएको नाम र प्रतिष्ठालाई छिनभरमै माटोमा मिलाइदिन सक्छ ।

यस्तै अवस्था यति बेला बलिउड अभिनेता शाहरुख खानको भइरहेको छ भन्दा फरक नपर्ला । अभिनेता खानका छोरा आर्यनको लागुऔषधसम्बन्धी मुद्दाले शाहरुखको ब्रान्ड भ्यालुलाई ठूलो झट्का लागेको छ ।

मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भइरहेको रेव पार्टीमा छापा मारेर आर्यनलगायत भारतका ठूला व्यवसायीका छोराहरूलाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले यही अक्टोबर २ तारिखमा पक्राउ गरेको थियो ।
छोराका कारण ब्रान्डहरूको काम ठप्प
अभिनेता शाहरुख खान तीन वर्षपछि सेटमा फर्किएका हुन् । सन् २०१८ मा रिलिज भएको ‘जिरो’ चलचित्रपछि शाहरुख सिधै तीन वर्षको ब्रेकपछि ‘पठान’को छायांकन सेटमा फर्किएका हुन् । सन् २०२२ मा रिलिज गर्ने तयारी रहेको यो चलचित्रको छायांकन अझै बाँकी छ ।

तर, अहिले पठान, एट्लेलगायत शाहरुखका सबै कामहरू ठप्प भएका छन् । चलचित्र एट्लेको अभिनेत्री दीपिका पादुकोणसहित स्पेनमा छायांकनको स्केड्युल थियो, तर शाहरुख सबै कुरा छोडेर छोराको चिन्तामा छन् ।
आर्यनको नाम लागुऔषध मुद्दामा आएसँगै ट्विटरमा ह्यासट्याग बाइकट एसआके रिलेटेड–ब्रान्ड भन्ने अभियानमै चलेको छ । जसको प्रत्यक्ष असर शाहरुखको ठूलो स्पोन्सर दिल गरेको ब्रान्डमध्ये बाइजुले उनी फिचर्ड विज्ञापन प्रदर्शन गर्न रोक लगाएको छ । शाहरुखको विज्ञापन सामाजिक सञ्जालमा ट्रोल हुन थालेपछि बाइजुले यो निर्णय गरेको हो ।

जसरी विज्ञापनले बालबालिकाको राम्रो भविष्यको बारेमा कुरा गरेको छ, धेरै फ्यानहरूले रिल र वास्तविक जीवनबीचको भिन्नता फरक भएको पाए । आर्यनको केसमा अदालतले निर्णय नसुनाएसम्म बाइजुले आफ्ना सबै विज्ञापनहरू प्रदर्शन नगर्ने निर्णय लिएको छ । अभिनेता खान सन् २०१७ देखि यसको ब्रान्ड एम्बेसडरको रूपमा जोडिएका हुन् ।

हालै विमल इलाइचीले पनि आफ्नो नयाँ विज्ञापन शाहरुखबिना अजय देवगनलाई मात्रै राखेर बनाएको छ । खासमा यो विज्ञापनमा अभिनेताद्वय शाहरुख र अजय दुवै थिए ।

त्यस्तै, कोरियन ब्रान्ड एलजीको ब्रान्ड एम्बेसडर पनि अभिनेता खान नै हुन् । तर, यसको नयाँ विज्ञापनमा शाहरुख नै राखेर छायांकन गर्ने हो वा के गर्ने भन्ने निर्णयमा दुविधासँगै अहिले नयाँ विज्ञापन छायांकनको काम स्थगित गरिएको छ ।

शाहरुखको ब्रान्ड भ्यालु ३७८ करोड रहेको बताइएको छ । उनले ४० वटा ब्रान्डको प्रचार गरिरहेका छन् । प्रत्येक ब्रान्ड एन्डोर्समेन्टका लागि शाहरुखको शुल्क करिब चार करोड भारु छ ।

आर्यन लागुऔषध मुद्दामा पक्राउ परेपछि ब्रान्डहरूले ठूलो घाटा बेहोर्नुपरिरहेको छ । किनभने, ब्रान्डहरूले शाहरुखलाई ब्रान्ड एन्डोर्समेन्टको शुल्क तिरिरहेका छन् । तर, दर्शकहरू विभाजित भएका कारण आफ्नो नयाँ विज्ञापन ट्रोलमा तानिने डरले ब्रान्डहरूले सबै नयाँ काम स्थगित गरेका छन् ।

फोर्ब्सका अनुसार अभिनेता खानको कुल सम्पत्ति ५,११६ करोड भारु रहेको छ । उद्योगका जानकारहरूलाई विश्वास गर्ने हो भने शाहरुखलाई परेको झट्का क्षणिक मात्रै हो, किनभने दर्शकको स्मरणशक्ति कम छ । कतिपयले भने उनको पारिवारिक छविमा लागेको दाग भुल्न नसकिने बताउँछन् ।

सातौँपटक सुनुवाइ
आर्यन खानलाई अक्टोबर २ मा एनसीबी टोलीले पक्राउ गरेको थियो । केही दिन एनसीबीकै जेलमा राखेर अक्टोबर ७ मा उनीलगायत बाँकी आठजनालाई आर्थर रोड जेलको न्याययिक हिरासतमा पठाइएको थियो ।

छैटौँपटकको सुनुवाइमा पनि जमानत नपाएका आर्यनको बुधबार (अक्टोबर २७) मा सातौँपटक सुनुवाई हुँदै छ । योबीचमा शाहरूख आर्यनलाई भेट्न एकपटक जेलमै पुगिसकेका छन् । त्योबाहेक शाहरुख र गौरीले भिडियो कलमार्फत कुरा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah