हलिउड । गायक जेन मलिकले आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् । श्रीमती तथा सुपरमोडल जिजी हदीदकी आमालाई कुटेको र जिजीसँग ब्रेकअप भएको खबर बाहिरीएसँगै जेनले ट्विटरमार्फत स्पष्टीकरण दिएका हुन् ।
जिजीकी आमा योलान्डा हदीदले जेनले आफूमागि कुटपिट गरेको आरोप लगाएकी थिइन् । जसपश्चात् अन्तर्राष्ट्रिय मिडियामा जेन र जिजीबीच ब्रेकअप भएको खबर आएको थियो ।
जेनले विज्ञप्तिमार्फत परिवारको कुरा नितान्त व्यक्तिगत भएकाले आफ्नी छोरी खाईका लागि “सुरक्षित अनि व्यक्तिगत स्पेस’ बनाइदिन आग्रह गरेका गरेका छन् ।
तर, जेनले जिजीकी आमामाथि प्रहार गरेको र जिजीबिच ब्रेकअप भएकोबारे केही खुलाएका छैनन् । उनले आफ्नो पारिवारिक कुरा मिडियामा लिक भएको भन्दै प्राइभेसी मेन्टेन गरिदिन आग्रह गरेका छन् ।
“तपाईंहरू सबैलाई थाहा छ कि म प्राइभेट व्यक्ति हुँ र म मेरो छोरीको लागि प्राइभेट अनि सुरक्षित स्पेस बनाउन चाहान्छु । त्यस्तो स्पेस जहाँ परिवारको नितान्त व्यक्तिगत कुराहरू विश्वसमक्ष छरपस्ट हुँदैन….।”
२८ वर्षीय जेन र २६ वर्षीय जिजी सन् २०१५ देखि प्रेमि प्रेमिका हुन् । यसबीच उनीहरूको ब्रेकअप पनि भएको थियो । तर, सन् २०२० मा छोरी खाई जन्मिएसँगै उनीहरूको सम्बन्ध पुनः सुमधुर भएको थियो ।
जारी विज्ञप्तिमा जेनले जिजीलाई आफ्नो पार्टनर भनेर सम्बोधन गरेकाले उनीहरूबीच ब्रेकअप भएको खबर बाहिरिएको हो ।



