इटालियन सिरी ए फुटबलमा युभेन्टसको खराब प्रदर्शन कायम रहेको छ । लिग अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा युभेन्टस हेलास भेरोनासँग २–१ ले पराजित भएको छ ।
घरेलु टोली हेलास भेरोनाका लागि जिओभानी सिमिओनेले ११ र १४ औँ मिनेटमा गोल गरेका हुन् । युभेन्टसका लागि ८० औँ मिनेटमा म्याकेनिनले एक गोल फर्काए ।
यो सिजन सिरी ए मा चौथो हार बेहोरेको युभेन्टस ११ खेलबाट १५ अंकसहित नवौँ स्थानमा पुगेको छ।



