नेपालीहरुको दोश्रो महान् पर्व तिहार आएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ । पालाको माग धेरै हुने तिहार शुरु भइसकेकाले यहाँ पाला बनाउँदै आएका कुमाले समुदायका सिंगो परिवारलाई यतिखेर पाला बनाउन भ्याइ नभ्याइ भएको छ ।

भक्तपुरमा आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचो लगायतका स्थानका प्रजापति समुदायका पुरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला लगायतका अन्य सामाग्री बनाउन एकछिन फुर्सद छैन ।

“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ, तिहार सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याई नभ्याई छ” वर्षौदेखि माटोको भाडाँ बनाउदै आएका स्थानिय तालाको पोर्टरी स्क्वायरका ३७ वर्षका विनोदकुमार प्रजापतिले बताउनुभयो ।

वर्षभरिमा राम्रो आम्दामी गर्ने समय नै यही हो भन्दै उहाँले यो मौकालाई गुम्न नदिन स–परिवार विहानै देखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको बताउनुभयो । माटोको भाडा बनाउने आधुनिक मेशिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उहाँले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गरेको बताउनु भयो । पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन ब्यस्त उहाँले यस वर्ष साना र ठूला दुबै प्रकारको पालाको माग बढेकाले माग अनुसारको उत्पादन गर्न निकै गाह्रो भएको बताउनु हुन्छ ।
माटोको भाडा बनाउदै आएका पोटरी स्क्वायरका करिब ४० घर परिवार प्रजापति समुदायको यतिखेर एकछिन हात खाली छैन, कोही माटोका भाडा बनाइ रहेका, कोही सुकाई रहेका, कोही आधुनिक भट्टीमा भाडा पोखिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै अर्डर आएको ठाउँमा सामान पुर्याउन जान भ्याइ नभ्याई भएको देखिन्छ ।

पोटरी स्क्वायरकै दयाराम प्रजापतिको एक छिन हात खाली छैन । बाजे बराजुको पालादेखि माटोको भाडा बनाउदै आएको उहाँको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आउनु भएको छ ।
उहाँ भन्नुहुन्छ, “यस वर्ष पालाको माग धेरै छ, तिहार लागिसक्यो, माग अनुसारको पाला उत्पादन गर्न भ्याएकै छैन ।” गत दुईवर्ष कोरोना संक्रमणका कारण उत्पादन र माग कम भए पनि यसवर्ष भने माग ह्वात्तै बढे पछि कुमाले समुदायलाई भ्याई नभ्याई भएको हो ।

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंँ, ललितपुर, काभ्रो, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, बिरगञ्जबाट समेत माग भएकाले पठाउने गरेको बिनोदको भनाइ छ ।
तीन वर्ष अगाडिसम्म तिहारमा एकसय वटा पालाको ९० रुपैयाँदेखि एक सय १० रुपैयाँसम्म बिक्री हुने गरे पनि यसवर्ष भने पालाको पनि मूल्य बढेको छ । यस वर्ष व्यापारीलाई होलसेलमा प्रति पाला रु. २ मा बिक्री गरेको र खुद्रा भने रु. ४ मा बिक्री भएको उनीहरु बताउँछन् ।
पाला बनाउँदै बिनोद भन्नु हुन्छ, “माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुन्थ्यो यस वर्ष हामीले एउटा पालाको रु. दुईमा व्यापारीलाई बिक्री गरेका छाैँ, खुद्रा भने चार रुपैयाँमा बिक्री भइरहेको छ ।”

माटोको अभाव छ । भक्तपुरमा माटो पाउन छाडेको सात वर्ष भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि माग अनुसार आउदैन, माटोको अभावले पेशा नै संकटमा पर्ने अवस्था आएको छ । उनीहरु गुनासो गर्छन् ।
एक मिनिट्रक माटोको व्यापारीले १० हजार रुपैयाँ लिने गरेको बताउनु हुन्छ दयाराम । अहिले भूकम्पले भत्किएका घरको दाउरा सस्तोमा किनेर भाडा पोल्दै आएका उनीहरुले माटो र काठ अभावले पेशा नै रोकिने हो कि भन्ने चिन्ता पनि त्यत्तिकै छ ।

भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्ला देखि अन्तराष्ट्रिय बजारमा समेत बढेकाले कुमाले समुदायलाई पाला बनाउन यतिखेर भ्याइनभ्याइ भएको मध्यपुर थिमिका रुजेन प्रजापतीले बताउनुभयो ।
विगतमा भक्तपुरका कुमाले बाहिर जिल्ला मै गएर माटोको भाडा बनाउने गर्दथे भने कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानिय स्तरमै भाडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अबस्थामा पुगेपछि भक्तपुरमा यसको माग बढेको पुर्खौदेखि कुमाले पेशामा लाग्दै आउनु बलराम प्रजापति बताउनु हुन्छ ।

तालाकोमा पुखौंदेखि माटोको भाडा बनाउँदै आएको उहाँको परिवारका सदस्य पनि भाडा बनाउनै व्यस्त देखिन्छन् । पुर्खादेखि गर्दै आएको काम छोड्न नसकिएको बताउँदै यहाँले माटोको भाडाबाट घरखर्च चल्ने गरेको बताउनुहुन्छ ।
तिहार सकिए पछि अलि फुर्सद होला, नत्र यत्तिकै हो भन्दै घरका पुरुष माटो मुछ्ने, भाडा बनाउन, भाँडा पोल्ने, लगायतका काममा व्यस्त देखिन्छन् भने महिलाहरु भाँडा सुकाउने, भाडामा रङ्ग लगाउने र भाँडाको व्यवस्थापन गर्न मै व्यस्त रहेको देखिन्छ ।

काठमाण्डौ उपत्यकादेखि उपत्यका बाहिरसम्मबाट लाखौ पाला लगायतका सामाग्रीको अर्डर आएपछि कुमाले समुदायलाई भ्याइनभ्याइ भएको हो । अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चा जस्ता सामानको माग बढेकाले यस्ता सामानहरु बनाउन व्यस्त रहेका छन् ।

थोरै भाडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको अर्डर लिएर भाडा बनाउनेले तिहारमा मात्र पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah