मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन फलदायी रहला। तपाई अस्वस्थ र चिन्तित महसुस गर्नुहुनेछ। शरीरमा थकान र आलस्य र अशान्ति अनुभव हुनेछ। तपाई थोरै क्रोधित रहनुहुनेछ। धार्मिक यात्राको आयोजना हुनेछ । तपाईले गरेको प्रयास गलत दिशामा हुनसक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कुनै पनि नयाँ कामको थालनी नगर्नुहोला। तपाईको स्वास्थ्य बिग्रन सक्छ। खानपिन्मा विशेष ध्यान दिनुहोला। शारीरिक रूपमा थकान र मानसिक रूपमा अशान्त महसुस गर्नुहुनेछ। कार्यालयमा कामको बोझले थप थकान महसुस हुनेछ। यात्रा लाभदायक हुनेछैन।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन आनन्दमा बित्नेछ। विपरीत लिङ्गीय व्यक्तिसँग भेटघाट हुनेछ। साथीभाइ र प्रियजनसँग दिन मनोरंजनमा बित्नेछ। नयाँ लुगा किन्न तथा लगाउन अवसर मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक प्रतिष्ठा र कीर्ति मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन शुभ रहनेछ। घरमा सुख-शान्तिको वातावरण रहनेछ र सुखमय घटना बन्नेछ। जुनसुकै काममा सफलता मिल्नेछ । स्वास्थ्य राम्रो रहला। परिवारको सदस्यसँग आनन्दमा समय बित्नेछ। महिला साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन सुखद रहनेछ। तपाई अधिक कल्पनाशील हुनुहुनेछ। प्रियजनसँगको भेट फलदायी रहनेछ। फलस्वरूप दिनभर मन प्रसन्न रहनेछ। सन्तानको प्रगतिको समाचार प्राप्त हुनेछ । साथीभाइसँग भेटघाट हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन राम्रो नरहला। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछैन। धेरै समस्याले मन अशान्त हुनेछ। उत्साहको कमी रहनेछ । आफन्तसँग मनमुटाव हुनेछ। आमाको स्वास्थ्यको चिन्ता रहनेछ। अनावश्यक रुपमा धन खर्च हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको दिन शुभ रहला । दाजुभाइसँग सुमधुर सम्बन्ध रहनेछ र घरायसी प्रश्नसँग बसेर छलफल हुनेछ । धार्मिक स्थलको भ्रमणमा सफलता मिल्नेछ । धन लाभको योग छ। विदेशबाट शुभ समाचार आउनेछ । व्यवहारिक कारणले यात्रा गर्न सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अनावश्यक खर्च होला । घरपरिवारमा झगडा नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुहोला । परिवारको सदस्यबीच असमझदारीबाट टाढा रहनुहोला । शारीरिक समस्याको साथै मनमा अपराधी भावना रहनेछ। नकारात्मक सोच नराख्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धार्मिक यात्रा हुनेछ। तोकिएका काम पूरा गर्न सकिनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। मनमा उर्जा र खुशी रहनेछ। परिवारमा शुभ घटना हुनेछन्। प्रियजनसँगको भेटले मन प्रसन्न रहनेछ। सामाजिक रुपमा तपाईको मान प्रतिष्ठा बढ्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक तथा अध्यात्मिक कार्यमा रुचीको कारण कार्यमा व्यस्तता बढ्नेछ। खर्च पनि बढ्नेछ । अदालतसँग सम्बन्धित कामहरू हुनेछन्। व्यापार व्यवसायमा बाधा आउनेछ । प्रियजनको प्रतिष्ठामा हानि हुनेछ। शारीरिक उर्जा र मानसिक सुखमा कमी आउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईको दिन लाभदायी रहला। व्यवसायिक क्षेत्रमा दिन लाभदायक छ । साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ। नयाँ कामको थालनी गर्दा फाइदा हुनेछ। विवाह गर्न चाहनेहरूको लागि विवाह सम्बन्धित कार्यक्रमहरू आयोजना गर्न सकिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन अत्यन्त शुभ र फलदायी रहला। तपाईको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायमा उन्नति र सफलता मिल्नेछ । बुबा र ठूलाबाट लाभ मिल्नेछ। लक्ष्मीदेवीको आशीर्वाद मिल्नेछ। परिवारमा खुशीको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। बिगुल न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah