एपी । लिभरपुलको २५ खेलसम्मको अपराजित यात्रामा आइतबार राति वेष्ट ह्यामले पूर्ण विराम लगाइदिएको छ । इङ्लिस प्रिमियर लिगमा गोलकिपर एलिसन बेकरले कमजोर प्रदर्शन गर्दा लिभरपुलले वेष्ट ह्यामलाई ३–२ को नतिजा सुम्पियो ।

जितसँगै लिभरपुललाई पछि पार्दै वेष्ट ह्याम लिगको तेस्रो स्थानमा उक्लिएको छ । डेबिड मोयसको वेष्ट ह्यामले ११ खेलबाट २३ अंक जोडेको छ भने समान खेलबाट लिभरपुलको २२ अंक छ । २६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ ।

पाब्लो फोर्लानको कर्नर प्रहार लिभरपुलका गोलकिपर एलिसनको हातमा लागेर गोल भएपछि वेष्ट ह्यामले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफ सकिन चार मिनेट बाँकी हुँदा ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डले फ्रीकिकमा गोल गरेपछि लिभरपुलले बराबरी गर्यो ।

फोर्लानले ६७औं मिनेटमा जारोड बोवेनको पासमा गरेको गोलबाट घरेलु टोली वेष्ट ह्यामले पुनः अग्रता लियो । बोवेनकै पासमा कोर्ट जोउमाले ७४औं वेष्ट ह्यामको अग्रता बढाए । खेल सकिन सात मिनेट बाँकी हुँदा बैकल्पिक खेलाडी डिभोक ओरिगीले गोल फर्काए पनि लिभरपुल अंक लिन असफल रह्यो ।

गत सिजन च्याम्पियन्स लिगमा रियाल मड्रिडसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि लिभरपुलले कुनै पनि खेल हारेको थिएन ।

वेष्ट ह्यामले गत सिजन छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । वेष्ट ह्यामले लिगमा सबभन्दा राम्रो प्रदर्शन गरेको भनेको १९९९ मा पाँचौं स्थानमा रहनु हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah