काठमाडौँ – झापाको कन्काई नगरपालिका उप(मेयर कप राष्ट्रिय फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको प्रिक्वाटरफाइनल खेलमा कन्काईले सिन्धुपाल्चोकको सुनकोशी नगरपालिकालाई टाइब्रेकरमा ३(१ गोलले हरायो। टाइब्रेकरमा सुनकोशीको एउटा प्रहार मात्र गोल भएको थियो।
पहिलो प्रहार ‘मिस’ गरेको कन्काईले त्यसपछि लगातार तीन गोल गरेको थियो। सुनकोशीको तेस्रो प्रहार मात्र गोल भएको हो। टाइब्रेकरमा कन्काई ३(१ गोलले अगाडि रहेपछि दुवै टोलीले पाँचौँ प्रहार गर्नु परेन। कन्काईले सेमिफाइनल प्रवेशका लागि कैलालीको गोदावारी नगरपालिकासँग प्रतिस्पर्धा गर्ने छ।



