मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंलाई थकावट, आलस्य र चिन्ताको अनुभव हुनेछ। क्रोध नियन्त्रण गर्नुहोस्। परिवारमा नकारात्मक वातावरण रहनेछ। साथी-भाईमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। धार्मिक तथा मांगलिक कार्यमा संलग्न हुनुहुनेछ। व्यापारमा समय अनुकूल छैन।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव हुनेछ। नयाँ कार्य सुरु गर्नको लागे दिन शुभ छैन। खानपानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। एक निश्चित समयमा आफ्नो काम पूरा गर्न सक्षम हुनुहुने छैन।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यस दिन तपाईं मनोरन्जन र रमाईलोमा व्यस्त हुनुहुनेछ। सामाजिक र सम्मान प्रसिद्धि प्राप्त गर्न सक्षम हुनुहुनेछ। वैवाहिक जीवन सुखमय रहनेछ। साथी-भाई तथा परिवारका सदस्यसँग आनन्दमय समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको लागि यस दिन शुभ रहनेछ। परिवारका सदस्यहरूसँग खुशीसाथ समय बित्नेछ। आवश्यक काममा खर्च हुनेछ। अझै पनि आर्थिक लाभको लागि दिन राम्रो छ। काम गर्नेहरूका लागि कार्यालयमा वातावरण अनुकूल हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक तथा मानिसक स्वास्थ्य राम्रो रहनेछ। रचनात्मक तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। सन्तानबाट शुभ समाचार पाउनुहुनेछ। साथी-भाईसँग रमणीय भेटघाट हुनेछ। धार्मिक तथा परोपकारी काममा मन लाग्नेछ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको लागि यस दिन अनुकूल छैन। शारीरिक तथा मानिसक अस्वस्थता रहला। परिवारका सदस्य बीच मनमुटाव हुनसक्छ। आमाको स्वास्थ्य बिग्रन सक्छ। अधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहन सक्छ। कुनै कागजातमा हस्ताक्षर गर्न सावधान रहनुहोस्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भाग्यवृद्धि हुने योग रहेको छ। भाइबहिनीसँग सम्बन्ध राम्रो हुनेछ। धार्मिक यात्रामा जाने सम्भावना छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छ। शारीरिक तथा मानिसक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। मान-सम्मान बढ्नेछ। शत्रु पराजित हुनेछन्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ। अनावश्यक खर्च बढ्नेछ। वाणीमा संयम राख्नुहोला। पारिवारिक वातावातन सुख-शान्तिमय रहनेछ। मनमा नकारात्मक सोच उत्पन्न हुनसक्छ। धार्मिक कार्यमा खर्च हुनेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल छैन।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

निर्धारित कार्य सरलताका साथ पूरा हुनेछ। आर्थिक स्थिति मजबूत् रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। रमणीय यात्राको योग छ। आफन्तसँगको रमणीय भेटघाटले मन प्रशन्न रहनेछ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ। कुनै शुभ कार्यमा संलग्न भइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक, सामाजिक काममा खर्च हुनेछ। आफन्त तथा मित्रगणसँग मदभेद हुनसक्छ। धनहानि तथा मानहानिको योग छ। वाणीमा संयम राख्नुहोला। आध्यात्मिकता तिर झुकाव बढी हुनेछ। स्वास्थ्य बिग्रन सक्छ। कानुनी मामलामा नपर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्ने सम्भावना उच्च छ। सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। सन्तानको प्रगतिले गर्दा मन प्रशन्न रहनेछ। आयमा वृद्धि हुनेछ। रमणीय यात्राको सम्भावना छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

व्यापार व्यवसायमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। बुबा तथा अग्रजबाट पनि लाभ प्राप्त हुने सम्भावना छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah