पल शाह र पूजा शर्माको फिल्म ुम यस्तो गीत गाउँछु २ु माघ १९ गते प्रदर्शनमा आउने
काठमाडौं । नायिका पूजा शर्माको फिल्म ुम यस्तो गीत गाउँछु २ु को प्रदर्शन मिति तोकिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण लामो समयदेखि प्रदर्शनमा आउन नसकेको यस फिल्म अब माघ १९ गते प्रदर्शनमा आउने भएको छ ।
सुदर्शन थापा निर्देशन गरेको यस फिल्ममा मुख्य कलाकार पल शाह र पूजा शर्मा रहेका छन् । फिल्ममा पल र पूजाको प्रेममा आउने उतार–चढावलाई देखाईएको छ।
सुदर्शन थापा र पूजा शर्माले संयुक्त रुपमा निर्माण गरेको सो फिल्ममा पल र पूजासहित दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ।



