लोकप्रिय भिडियो प्लेटफर्म टिकटकलाई लिएर रियालिटी शो आयोजना हुने भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’को घोषणा गरिएको हो।

शिखर नेपाल प्रा।लिले आयोजना गरेको प्रतियोगिताका टिकटकको माध्यमबाट हुने अभिनय, नृत्य, गायनलगायतका प्रस्तुतीहरुलाई समेटिएको छ। यस्ता प्रस्तुतीमार्फत सहभागिले कार्यक्रममा भाग लिन पाउन आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमको निर्णायकको रुपमा भने अभिनेत्री गौरी मल्ल, वर्षा सिवाकोटी र रमेश उप्रेती रहेका छन्। नेपालीको जनजीवनकै एक भाग भइसकेको टिकटकको सही र राम्रो कामका लागि प्रयोग हुन्छ भन्ने विश्वास भएको निर्णायकहरुले कार्यक्रममा बताएका थिए। निर्णायकमध्येकी एक वर्षा सिवाकोटीले भनिन्, ‘अहिले त टिकटक जीवनशैली बन्यो, यस्तो हुन्छ भन्ने थाहा थिएन्।’

प्रतिस्पर्धामा भाग लिनेहरुमध्येबाट प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रो हुनेलाई स्कुटर उपहार मिल्ने बताइएको छ। त्यस्तै, उत्कृष्ट १० प्रतियोगिहरुलाई कम्युटर, क्यामेरा, टेलिभिजनलगायतका विभिन्न उपहार प्रदान गरिने कार्यक्रमका निर्देशक हरि शर्माले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah