मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )

सामाजिक तथा परोपकारी क्षेत्रमा मन जानेछ। बिश्वास गरेकाहरुले बिश्वास घात गर्लान सचेत रहनुहोला। सरकारी कार्यमा सफलता मिल्नेछ। ठुलाबडाको साथ र आशिर्वाद मिल्नेछ। सन्तान सुख मिल्नेछ। आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ। शुभ समाचार सुन्ने अवसर मिल्नेछ। सुखद यात्राको सम्भावना रहेको छ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

व्यापार व्यवसायका लागि समय लाभदायक रहेको छ। नोकरीमा पदोन्नतिको योग रहेको छ। कार्यालयमा उच्च अधिकारीको साथ र सहयोग प्रसस्त मिल्ने छ। पारिवारिक जीवनमा सुख शान्ति छाउने छ। मित्रलाभ हुनेछ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

शारीरिक थकान र आलस्यता बढेर जानेछ। व्यापार व्यवसायको क्षेत्र खासै अनुकुल रहेको छैन। अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ। सन्तान सुख मिल्ने छैन। शत्रुहरुले नकारात्मक समयको फाइदा उठाउन सकलन सावधान रहनु होला।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

बिचारमा नकारात्मकता छाउनाले शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ। क्रोधलाई संयम राख्नाले बिशेष लाभ हुने देखिन्छ। नया कार्यको थालनी सकेसम्म भोलिको दिन नगर्नु होला। सरकारी कार्यबाट खासै लाभ मिल्ने छैन। अनावश्यक खर्चको मात्रामा वृद्धि भएर जानेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )

पारिवारिक वातावरण क्लेशमय रहनेछ। कार्यमा खासै सफलता मिल्ने छैन। सामाजिक क्षेत्रमा मानहानी हुने सम्भावना रहेकाले बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। अनावश्यक झैँ झमेलाबाट टाढा रहदा नै राम्रो हुनेछ। समग्रमा तपाईका लागि भोलिको दिन मिश्र फलदायी रहेको छ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)

व्यवसायिक क्षेत्रमा यश किर्ती प्राप्त हुने समय रहेको छ। कार्य क्षेत्रमा सहकर्मीको प्रसस्त साथ मिल्नेछ। पारिवारिक वातावरण सुखमय रहने छ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार भएर जानेछ।प्रतिष्पर्धाका बिचमा विजय हासिल गर्ने समय रहेको छ। स्वास्थ्य अनुकुल रहेको छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)

बैचारिक दृढता र बोलीको माधुर्यताका कारण सबैको मन जित्न सकिने छ। बौद्धिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिश्रम गरे अनुरुपको कार्यमा सफलता नमिल्नाले मानसिक तनाव बढ्ने छ। साहित्य लेखनको क्षेत्रमा रुचि बढ्ने छ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनु पर्नेछ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु (Scorpio)

बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा संयम रहनु पर्नेछ। मानसिक अस्वस्थताले सताउने छ। माताको स्वास्थ्यमा समस्या देखिनेछ। पारिवारिक वातावरण क्लेशमय रहने छ। अनिन्द्राले सताउने छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)

शत्रु परास्त भएर जानेछ। शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ। नया कार्यको शुभारम्भ गर्नका लागि लाभदायी समय रहेको छ। धार्मिक एवम आध्यात्मिक कार्यमा रुचि बढ्ने छ। अचानक मित्रभेट हुनाले मन प्रफुल्लित रहने छ।

मकर – भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी (Capricorn)

अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ। परिवारजनका साथमा भएको अनावश्यक झैँ झामेलाका कारण आत्मग्लानी बढ्ने छ। बिद्यार्थीवर्गका लागि अध्ययन अध्यापनको क्षेत्र खासै अनुकुल रहेको छैन। दाम्पत्य जीवनमा असमझदारी बढ्ने छ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)

आर्थिक दृष्टिकोणले दिन लाभदायक रहेको छ। पारिवारिक वातावरण सुखमय बित्नेछ। रमणीय तथा आकस्मिक यात्राको सम्भावना रहेको छ। आध्यात्मिक कार्यमा मन जानेछ। मनमा नकारात्मक भाव आउन नदिनुहोला।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces)

मानसिक एकाग्रताका साथमा अगाडी बढ्नाले हरेक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। परिवारजनका बिचमा आपसी मतभेद खडा हुन सक्ला। आर्थिक कारोवारमा हात अगाडी नबढाउदा नै राम्रो हुनेछ। समग्रमा मिन राशी हुनेहरुका लागि भोलिको दिन सामान्य रहनेछ।भोलि कार्तिक २९ गते सोमबार ,तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah