काठमाडौं टिम च्याम्पियनसिप–२०२१ कर्पोरेट ब्याडमिन्टन ९आमन्त्रण० प्रतियोगिताको विषयलाई लिएर नेपाल ब्याडमिन्टन संघमा विवाद बढेको छ । जुन सामाजिक सञ्जालमा पनि छताछुल्ल भएको छ ।
काठमाडौं ब्याडमिन्टन एकेडेमी ९केबीए०ले २०७८ पुस ६ देखि ९ गेतसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । उक्त प्रतियोगिता ‘कर्पोरेट हाउस’हरूले नेपालका वरीयता प्राप्त खेलाडीलाई अनुबन्ध गरेर खेलाउनुपर्ने थियो । र, त्यस प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघले आफ्नो लोगो प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
प्रतियोगिताका लागि केबीएले अक्सनमार्फत कर्पोरेट हाउसहरूलाई खेलाडी अनुबन्ध गर्ने भएपछि विवाद बढकोको हो । संघका उपाध्यक्ष सुवास श्रेष्ठले संघको निर्णय, अनुमतिविना राष्ट्रिय खेलाडीको अक्सन गर्न लागेको भन्दै विरोध गरेका थिए ।
‘‘नेपाल ब्याडमिन्टन संघको बैठक नै नबसी कसरी राष्ट्रिय ब्याडमिन्टन खेलाडी हरूको लिलामी हुन्छ रु अब त एकल निर्णयको सीमा नाघ्यो । साथीहरू नेपाल ब्याडमिन्टन संघ के कसैको पेवा हो र रु व्यावसायिक रूपमा पैसा कमाउने उद्देश्यले एकजना जिल्ला ब्याडमिन्टन संघका अध्यक्षले खोलेको नाम मात्रको एकेडेमीको कार्यक्रमका लागि हाम्रो राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरूको आफू खुसी लिलामी गर्न पाईन्छ र रु,’’ उपाध्यक्ष श्रेष्ठले सोमबार बिहान फेसबुकमा लेखेका छन्, ‘‘ब्याडमिन्टनको नाम बेचेर खान पल्किएकाहरूको मनोमानी कहिलेसम्म सहेर बस्ने रु सबै जिल्लाका ब्याडमिन्टन प्रेमीहरूले अब घोर बिरोध र आपत्ति जनाउनुपर्छ । काठमाडौंका तीनजनाले ब्याडमिन्टन संघभित्र मनपरीतन्त्र गरिरहेका छन् । कसैलाई केही थाहा नै नदिई जे मन लाग्यो त्यही गरिरहेका छन् ।’’
उपाध्यक्षले विरोध गर्दै लेखेको फेसबुक स्ट्याटसलाई काउन्टर दिँदै सोमबार साँझ ‘नेपाल ब्याडमिन्टन’ नाम गरेको फेसबुक एकाउन्टबाट नेपाल ब्याडमिन्टन संघको २०७७ फागुन १९ गते सम्पन्न सचिवालय बैठकको निर्णयको फोटो राख्दै श्रेष्ठको कुरामा कुनै सत्यता नभएको उल्लखे गरिएको छ ।
त्यसमा भनिएको छ, ‘‘हालै सामाजिक सञ्जालमा नेपाल ब्याडमिन्टन संघले बैठक नै नबसी काठमाडौंका तीन जनाले आफूखुसी निर्णय गरी मनपरीतन्त्र गरिरहेको भन्ने कुरामा कुनै सत्यता नभएको, भ्रामक कुरा भएको नेपाल ब्याडमिण्न्टन संघ सम्पूर्ण ब्याडमिन्टनप्रेमी तथा ब्याडमिन्टन परिवारमा जानकारी गराउँदछ । संघलाई बदनाम गराउने यस्तो कुराहरूको पछि नलाग्न पनि सम्पूर्णमा नेपाल ब्याडमिन्टन संघ हार्दिक अनुरोध गर्दछ ।’’
तथापि संघको सचिवालय बैठकमा गरिएको निर्णयमा खेलाडी अक्सनबारे केही निर्णय भएको छैन । निर्णयमा उक्त प्रतियोगितामा संघको लोगो प्रयोग गर्न दिने निर्णयमात्र भएको छ ।
‘नेपाल ब्याडमिन्टन’ नाम गरेको फेसबुक एकाउन्टबाट उक्त स्टाटस पोस्ट भएको केही घण्टा बित्न नपाउँदै उपाध्यक्ष श्रेष्ठले फेसबुकमै फेरि अर्को स्टाटस पोस्ट गरेका छन् ।
‘‘मैंले उठाएको राष्ट्रिय खेलाडीहरूको लिलामीको कुरा हो । २०७७–११–१९ को बैठकको त्यो निर्णयहरू राम्रोसँग पढनुहोस् । त्यहाँ राष्ट्रिय खेलाडीहरूको लिलामीको न त एजेन्डा छ न निर्णय,’’ राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को बोर्ड सदस्यसमेत रहेका श्रेष्ठले लेखेका छन् ।
उपाध्यक्ष श्रेष्ठले १३औँ साग तथा पाकिस्तान इन्टरनेसनल सिरिजमा स्वर्ण पदक जित्न सफल खेलाडीलाई सम्मान गर्ने निर्णय भए पनि त्यो कार्यान्वयन नभएको पनि असन्तुष्टि व्यक्त गरेका छन् ।
‘‘त्यही निर्णय पुस्तिकाको निर्णय ९घ० मा १३औँ साग र पाकिस्तान इन्टरनेसनल सिरिजमा स्वर्णपदक प्राप्त गर्ने खेलाडीहरू दिपेश धामी र शोभा गौचन तथा जुनियरतर्फ विश्व नम्बर ३ हुन सफल खेलाडी प्रिन्स दाहाललाई सम्मान गरिने कुरा उल्लेख गरिएको छ । तर, त्यसतर्फ कार्यान्वयन गर्ने कुनै तदारुकता देखाइएको छैन,’’ उपाध्यक्ष श्रेष्ठले थपे, ‘‘तर, काठमाडौं ब्याडमिन्टन एकेडेमी ९नाम मात्रको एकेडेमी जसको आफ्नो कभर्डहल नै छैन० को कार्यक्रमको तिनै सम्मान गर्न नसकेको खेलाडीहरूको लिलामी गर्न किन आँतुर छन् यी छद्मभेषीहरू रु खेलाडीहरूलाई ललिपप देखाएर झुक्याएर उनीहरूको मानमर्दन गर्ने र आँच पुर्याउने यस्तो कुराको म घोर भत्सना गर्दछु । आदरणीय ब्याडमिन्टन प्रेमी महानुभावहरू मेरो कुरा लाई मनन् गरौँ र निर्णय पुस्तिका पढेर निर्णय गरौँ भ्रमको खेती कस्ले गरिरहेको छ ।’’
काठमाडौं ब्याडमिन्टन एकेडेमीमा नेपाल ब्याडमिन्टन संघका सदस्य तथा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाको संलग्नता छ । एकेडेमीले टिम च्याम्पियनसिप–२०२१ कर्पोरेट ब्याडमिन्टन ९आमन्त्रण० प्रतियोगिता जेठमा गर्ने निर्णय भए पनि कोभिड–१९ का कारण पुसमा सारिएको थियो ।



