नायिका तथा मोडल एलिजा गौतम ‘घुँइचो’ फिल्ममा अभिनय गर्ने भएकी छन्। यसअघि ‘अनुराग’मा काम गरेकी एलिजाले करिअरको दोस्रो फिल्मका रुपमा सम्झौता गरेकी हुन्।

एलिजाले रामजी दैलेखीको निर्माणमा बन्ने यो फिल्ममा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्रा समेटिने बताइएको छ।

क्यानडाबाट फर्किएको केही समयपछि नायिका गौतमले निर्माता दैलेखीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन्। आरजे म्युजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो

फिल्ममा आबद्ध भएपछि एलिजाले खुसी हुँदै भनिन्, ुमैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेकी थिएँ। घुँइचोमा खोजेजस्तै कथा पाएपछि काम गर्न तयार भएकी हुँ।’

निर्माता दैलेखीले नायिका गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाँडै टुंगो लगाइने जानकारी गराएका छन्।

निर्माता दैलेखीले फिल्मबारे भने, ‘नेपालका हरेक क्षेत्रमा मानिसहरु केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ। जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिका जानका लागि देखिएको आशक्ति र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्नेछ।’

एलिजाले केही महिनाअघि ‘घिन्ताङ’ मा अभिनय गर्ने सम्झौता गरेर पछि फिल्म छोडेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय