काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले भारतमा चारदेशीय फुटबल प्रतियोगिता खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले शुक्रबार भारतमा खेल्ने पक्का भएको जनाएको हो ।
प्रतियोगिता आउँदो डिसेम्बर ९ देखि २१ तारिखसम्म हुनेछ । महिला फुटबल समितिका प्रमु्ख पेमा डोल्मा लामाले चार देशको सहभगिता हुने भनिए पनि सबै देशको टुंगो नलागेको बताइन् ।
उनले भनिन, “थाइल्यान्ड र अर्को अरबियन देशको सहभागिता हुने भनिएको छ । तर, कुनै टुंगो लागेको छ ।”
भारतले एसिया कप प्रतियोगिताको तयारीस्वरूप चारदेशीय फुटबल प्रतियोगिता गर्न लागेको हो ।
नेपाली राष्ट्रिय महिला टोलीले पछिल्लोपटक एएफसी महिला एसियन कप छनोट प्रतियोगिता खेलेको थियो ।



