काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा चिनिन्छिन् । उनलाई देखेर उनी ५० वर्षकी हुन् भन्ने विश्वास लाग्दैन । पछिल्लो पोस्टमा त उनी स्कुले केटीजस्तै देखिएकी छिन् । मिनिस्कर्टमा उनको यो फोटोमा फ्यानहरुको लाइकको ओइरो लाग्यो ।

गिनाले डेलीस्टारसँग कुरा गर्दै आफ्नो यो लुकका केही रहस्य खोलेकी छिन् । उनले शारीरिक अभ्यास र स्वस्थ खानाजत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हुने बताएकी छिन् । उनले भनिन् ‘म यसमा मस्तिस्कको शक्ति पनि उत्तिकै हुन्छ भन्ने विश्वास गर्छु । दिमागमा शान्ति कायम गर्नु, कुन कुराले मलाई तनाव दिन्छ भन्ने कुराको पहिचान गर्नु र त्यो तनाव सकेसम्म कम गर्दा पनि स्वस्थ र सुन्दर रहन सकिन्छ ।’

उनले अगाडि भनिन् ‘म अत्याधिक उत्साहित वा तनावमा भएँ भने मैले आफैंभित्र शान्तिपूर्ण वातावरण सृजना गर्छु । म सकारात्मक सोचको शक्तिमा विश्वास गर्छु र नकारात्मकतालाई घटाउने वा हटाउनेतर्फ ध्यान दिन्छु ।’ आफूलाई जवान राखिराख्न यी हजुरआमा नियमित पैदल हिँड्छिन्, पर्याप्त पानी पिउँछिन् र स्वस्थकर खाना खान्छिन् । उनले भनिन् ‘म समुद्र किनारमा बस्छु र समुद्रछेउमा नाङ्गो खुट्टाले हिँड्छु । दिनमा १० हजार पाइला पर्याप्त हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah