काठमाडौं- अभिनेता निखिल उप्रेतीले आफ्नै फिल्म निर्माण घोषणा कार्यक्रममा गरेको उद्घोष हो यो माथिको वाक्य। सोमबार ५ औं फिल्मको रुपमा ‘रुद्र’ निर्माणको घोषणा गरेका निखिलले पत्रकारको ‘आजभोलि बजारमा अर्ग्यानिक फिल्मको चर्चा छ, तपाईंको फिल्म पनि यस्तै हो कि?’ प्रश्नको जवाफमा निखिलले जवाफ दिए, ‘पोर्न फिल्म मात्र अर्ग्यानिक हुन्छ। किनकी प्राकृतिक क्रियाकलाप त्यहाँ मात्र हुन्छ।’

‘भैरव’ बाट ५ वर्षपछि अभिनयसँगै निर्देशनमा ‘कमब्याक’ गरेका निखिलले यसअघि ‘सावधान’, ‘निशाना’, ‘परिचय’, र ‘भैरव’ निर्माण गरेका छन्। उनले अरुको फिल्ममा पनि व्यस्त भएकाले यस पटक निर्देशनको जिम्मेवारी रामजी लामिछानेलाई सुम्पेको बताए। १० वटाजति फिल्म निर्देशन गरेका रामजी पछिल्लो समय नृत्य निर्देशकका रुपमा व्यस्त छन्।

‘रुद्र’मा निखिल खलपात्रका रुपमा देखिनेछन्। रावणले पनि आफूलाई नायक ठान्ने उदाहरण दिँदै निखिलले आफू फिल्ममा यस्तै भूमिकामा देखिने बताएका थिए। फिल्ममा रोमान्स गर्ने जिम्मा नवअभिनेता विश्व शर्मा र साराले पाएका छन्। तर निखिलले यही फिल्मबाट संगीतकारको नयाँ परिचय समेत थपेका छन्। उनले दिनेश सुनामसँग मिलेर फिल्मको एउटा गीतमा संगीत भरेका छन्।

फिल्मको सुटिङ जोमसोम, नारायणघाट, कोहलपुर र अमेरिकामा गरिने जानकारी फिल्म घोषणामा दिइएको थियो। रामजी लामिछाने आफैंले तयार गरेको कथामा रोयदिप श्रेष्ठ, जितेन लामा, भास्कर वली, ज्याक श्रेष्ठ, रोसन पोखरेलले पनि अभिनय गर्नेछन्। फिल्म आगामी वर्ष साउनमा रिलिज गर्ने निर्माण पक्षको योजना छ। द्वन्द्वप्रधान फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने हिमाल केसीले द्वन्द्व निर्देशन गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah