मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाइको दिन सामाजिक कार्यमा बित्नेछ। जसले गर्दा केहि धन खर्च हुनेछ । सरकारी कार्यमा सफलता प्राप्त हुनेछ। आफूभन्दा ठुलाबाट सहयोग प्राप्त हुदा मनमा आनन्द वृद्धि हुनेछ । टाढा वा विदेशबाट सन्तानको सम्बन्धमा शुभ समाचार प्राप्त हुन्छ। आकस्मिक धनलाभ हुनसक्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन शुभ र फलदायी हुनेछ। विशेष गरि व्यवसाय गर्नेहरुको लागि यस दिन निकै लाभदायी रहनेछ। व्यवसायमा पदोन्नतीको योग छ। पारिवारिक जीवनमा सुख प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मानसिकरुप तथा शारीरिक रुपबाटबाट शिथिलता अनुभव हुनेछ। कार्य गर्ने जोश आउनेछैन। व्यवसायिक स्थलमा पनि कर्मचारीको व्यवहार नकारात्कम रहनेछ । धन खर्च हुनसक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक रुपबाट अस्वस्थता बनिरहनेछ । त्यसैले नकारात्मकताबाट टाढा रहनुहोस। रिसलाई संयम राख्नुहोस। खर्च धेरै हुनेछ। यस दिन नया कार्यको सुरुवात नगर्नुहोस।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

श्रीमान-श्रीमतीबीच झगडा हुनसक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस। सांसारिक तथा अन्य प्रश्नहरूको कारण पनि तपाईको मनमा उदासीनता छाउनेछ ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

व्यवसायिक क्षेत्रमा ख्याति प्राप्त गर्ने सम्भावना बढी छ । पारिवारिक वातावरणमा सुखको स्नुभाव हुनेछ। शारीरिक र मानसिक रुपबाट तपाई स्वस्थ रहनुहुनेछ। आर्थिक लाभ हुनेछ । रोगी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ। प्रतिस्पर्धिमाथि बिजयी प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाई छलफल गरेर अरुलाई प्रभाव पार्न सक्नुहुनेछ। परिश्रमको तुलनामा परिणाम सन्तोषजनक प्राप्त हुदैन। कार्यलाई सम्हालेर अगाडी बढ्नु पर्नेछ। खानपानमा ध्यान दिनुहोस । साहित्य लेखनमा रुचि बढ्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

प्रियजनहरूसँगको सम्बन्धमा ध्यान दिनुपर्नेछ। शारीरिक र मानसिक रुपमा अस्वस्थताको कारण चिन्ता बढ्नेछ । धन खर्च हुन सक्नेछ। पारिवारिक वातावरण राम्रो रहदैन । मनमा प्रसन्नताको अभाव हुदा तपाईलाई अनिन्द्राले सताउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

तपाइको प्रतिस्पर्धीहरु पराजित हुनेछन्। शारीरिक र मानसिक रुपबाट स्वस्थ रहनेछ। नया कार्य सुरुवात गर्नको लागि समय अनुकुल छ। आफन्तको साथ आनन्दमयी समय बित्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाइको दिन फलदायी रहनेछ । परिवारजनको साथ मनमुटाव हुदा मनमा ग्लानी महसुश हुनेछ। निरर्थक खर्च हुनेछ । स्वास्थ्यको ख्याल राख्नुहोस्। विद्यार्थीहरू अभ्यासमा रुचि राख्दैनन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आर्थिक दृष्टिकोणबाट तपाइको दिन लाभदायी रहनेछ। पारिवारिक वातावरण आनन्दले भरिपूर्ण हुनेछ। साथीहरू र परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

तपाई सबै कार्यहरूमा दिमागको एकाग्रताबाट फाइदा उठाउनुहुनेछ। स्वास्थ्यको ख्याल राख्नुहोस । परिवारका सदस्यहरूसंग मतभेद हुनेछ।लेनदेनमा सोचेर निर्णय लिनुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah