झापा अर्जुनधारा २ विर्तामोड चारपानेकी डिम्पल खरेल यतिबेला मिस ग्राण्ड नेपाल २०२१ को उत्कृष्ट १५ मा परेकी छिन् । काठमाडौंको ठमेलस्थित होटल नेपालयमा सञ्चालन भइरहेको मिस ग्राण्ड नेपाल २०२१ को प्रतियोगितामा झापाकी सुन्दरी मोडल खरेल उत्कृष्ट १५ मा परेकी हुन् ।

छोटो समयमा निकै चर्चामा रहेकी मोडेल खरेलले छिमेकी देश भारतमा पनि यस्ता थुप्रै बिउटी प्याजेन्ट हरुमा भाग लिएर सफलता हासिल गरेकी छिन् । मोडलिङ क्षेत्रमा केही गर्ने उद्देश्य बोकेर आएकी उनी मिस ग्राण्ड नेपाल २०२१ को ताज उचाल्न सकेमा मोडेलिङ क्षेत्रमा सहयोग गर्ने र दुःखी अनाथ बालबालिकालाई केयर गृहमा लगेर राखिदिने बताउँछिन् ।

मिस ग्राण्ड नेपालको ताज पहिरिन संघर्ष गरिरहेकी खरेलले अन्य १४ जनासँग भिडनुपर्ने देखिन्छ । त्यसका लागि विभिन्न स्टेपमा विभिन्न अङक बटुल्दै जानुपर्ने हुन्छ । सबै राउन्डमा फरक–फरक नम्बर हुने गर्छन् र अन्त्यमा जोड्दा जस्को धेरै नम्बर आउँछ उसले नै मिस ग्राण्ड नेपाल २०२१ को ताज पहिरिन्छ ।

भोट कसरी गर्ने ?

खरेललाई भोट गर्न मिस ग्राण्ड नेपालको पेजबाट अपलोड गरिएका कन्टेस्टेन्टहरुको फोटोहरुमध्ये कन्टेस्टेन्ट नम्बर ११ मा गएर डिम्पल खरेललाई लाइक, कमेन्ट अनि सेयर गर्ने

ई–सेवा एप्लिकेसन खोलेर भोटिङ अपसन अन गरी मिस ग्राण्ड नेपालको फोल्डर खोलेर त्यहाँ भएका १५ जना कन्टेस्टेन्टमध्ये कन्टेस्टेन्ट नम्बर ११ मा आफूलाई मन लागेको जति भोट गर्न पाइने

प्रतियोगी डिम्पल खरेलको परिचयात्मक भिडियो युट्युबमा आरके च्यानलमा गएर उक्त भिडियो हेरेको पनि भोट काउन्ट हुने भएको हुनाले भिडियो हेरेर पनि भोट गर्न सकिनेछ ।

आयोजक टिमद्वारा वितरण गरिएको टिकटहरुलाई खरिद गरिदिएर पनि खरेललाई सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah