काठमाडौँ । युवा गायक आयुस्मान बिस्टको स्वरमा समावेश  पोखरेली नानीु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन्। गीतमा कुशल कुमार खनालको शब्द रहेको छ भने संजीव बराइलीको संगीत संयोजन रहेको छ।

गीतको भिडियोमा युवा(युवतीबीचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा खनाल र स्वयम् गायक आयुस्मान बिस्ट फिचर्ड छन्। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ। पुष्पान्जली थापा बिस्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो।

वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक बिस्टले ुमेरो कलिलो मनु गीत बाट आफ्नो संगीतको यात्रालाई औपचारिकता दिएका थिए। वरिष्ठ गायक जगत मर्दन थापाको ुमाया लुकाइ लुक्दैनु एल्बमको बिमोचन कार्यक्रममा गायक तथा गितारिस्टको रुपमा प्रस्तुत भएका उनले गोपाल योन्जनको ७४औ जन्म जयन्तीको अवसरमा बिस २०७३सालमा बनेको छ पहराले यो छाती मेरोु बोलको गीतमा धमाकेदार प्रस्तुति दिएका थिए।

२०७४ सालको कार्यक्रममा चेतन कार्कीको  कान्छी हे कान्छीु गीतमा वान्स मोर प्रस्तुति दिएर उनले दर्शक स्रोताको मन जितेका थिए। बरिष्ठ गायक जगत मर्दन थापाको म मक्किएको धुरी खाबोु गीति एल्बमको बिमोचन कार्यक्रममा गायन तथा गितारिस्टको रुपमा धमकादार प्रस्तुतिले मन्त्र मुग्ध पार्न सफल भएका गायक बिस्टले सानै उमेरमा प्रतिष्ठित गायकहरुसग स्टेज सेयर गरिसकेका छन्।

उनको नयाँ भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

 

 

भिडियो लिंक: https://youtu.be/zeSOMARQorc

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah