सामलिङ पावर कम्पनी लिमिटेडको शेयर कारोबारमा आज बिहिवार देखि दोस्रो बजारमा शुरु भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९६ दशमलव ३० मा कारोबार शुरु भएको हो । यो समचार तयार पार्दा सम्म कम्पनीको १४ कित्ता शेयर खरीद विक्री भएको छ ।
बुधवार कम्पनीको ५० लाख कित्ता आइपीअो सुचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू.९८ दशलमव ७७ देखि २९६ दशमलव ३१ तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३० हजार कित्ता,उद्योग प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो ।



