फरवार्ड विमल घर्तिमगर गत साता २१ महिनापछि मैदान फर्किए। कहिले व्यक्तिगत त कहिले चोटका कारण फुटबलबाट टाढा रहेका विमल ए डिभिजन लिगमार्फत मैदान फर्किएका हुन्।

सिजनका लागि मछिन्द्र क्लबमा आबद्ध भएका विमलले गत सोमबार एनआरटीविरुद्ध दोस्रो हाफमा खेलेका थिए।

२१ महिनापछि मैदान फर्कदा विमल भावुक बनेका थिए। मछिन्द्रले सोमबार त्रिभुवन आर्मीसँग खेल्दैछ।

आर्मीविरुद्धको खेलअघि विमलको प्रेम सम्बन्ध अहिले सामाजिक सञ्जालमा चर्चामा छ। सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट राखेर विमलले लीना प्रधानलाई मेन्सन गर्दै ‘मिस यू’ लेखेका छन्।

सो पोस्टमा विक्रम लिम्बुले ‘तपाईहरूको प्रेम सफल होस्, चाँडै विवाह खान पाउ’ भन्दै कमेन्ट गरेका छन्। उक्त कमेन्टमा विमलले धन्यवाद दिएका छन्। कमेन्ट र रिप्लाई दुवैमा लीना प्रधानले लाइक गरेकी छिन्।

यो पनि : २१ महिनापछि मैदान फर्कँदा भावुक बने विमल

लीनाले आफ्नो फेसबुक खातामा ‘रिलेसनसिप विथ विमल घर्तिमगर’ राखेकी छिन्।

यता विमलले फेसबुकको उक्त पोस्ट इन्स्टाग्रममा पनि राखेका छन्। जसलाई लिनाले सेयर गरेकी छिन्।

लीना माल्दिभ्समा बस्दै आइरहेको उनको इन्स्टाग्राम पोस्टमा प्रष्ट देखिन्छ। उनी माल्दिभ्सको सोनेभा जानी रिसोर्टको फन्ट अफिस टिम लिडरको रुपमा कार्यरत रहेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय