मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिनको प्रारम्भमा नया कार्यको सुरुवात गर्नको लागि तपाई उत्साहित रहनुहुनेछ । शरीर र मनको स्वस्थताले पनि तपाईको उत्साहलाई वृद्धि गर्नेछ। खानपानमा ध्यान दिनुहोस। धन-सम्बन्धि लेनदेनमा ध्यान राख्नुहोस। यसदिन मध्यम फलदायी रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन तपाई घरका सदस्यहरूसँग आवश्यक छलफलहरू गर्नुहुनेछ। साथै घरको सजावट र अन्य विषयमा परिवर्तन गर्न तपाइको रुचि बढ्नेछ। मतको साथ राम्रो सम्बन्ध रहेनछ। आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

पारिवारिक र व्यावसायिक क्षेत्रमा तपाइको दिन राम्रोसंग बित्नेछ। दुवै स्थानमा आवश्यक विषयको बारेमा छलफलपछि एक निर्णायक स्थिति सिर्जना गर्न सकिन्छ। मध्यान्हपछि स्वास्थ्य राम्रो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन तपाइको व्यवहार न्यायपूर्ण रहेनछ। तपाईलाई तोकिएको कार्य गर्न प्रेरणा मिल्नेछ । स्वास्थ्य बिग्रिन सक्नेछ। क्रोधको मात्रा पनि अधिक हुनेछ। तर मध्यान्हपछि शारीरिक स्फूर्ति तथा मानसिक निश्चितताको कारण तपाईले आफुलाई प्रफुल्लित पाउनुहुनेच।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिनको सुरूमा तपाईले शारीरिक र मानसिक रुपमा चिन्ताको अनुभव गर्नुहुनेछ। क्रोध अधिक हुदा कसैको साथ मनमुटाव हुनेछ। तर मध्यान्ह पछि तपाइको शारीरिक र मानसिक स्थितिमा सुधार आउनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाईले कुनै पनि किसिमको कार्य नगर्नुहोस। यसदिन प्रेम र क्रोधको भावनालाई छोडेर समान रूपले व्यवहार गर्ने दिन हो।आध्यात्मिक क्षेत्रमा उपलब्धि प्राप्त हुने योग छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिनको सुरुवात रमाईलोबाट हुनेछ। विचारमा उग्रता र अधिकारत्वको भावना मनमा रहनेछ। आर्थिक लाभ र यात्राको सम्भावना छ।शत्रुबाट सावधान रहनुहोस।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

यसदिन बौद्धिक कार्य गर्न, सार्वजनिक सम्बन्ध कायम गर्न र मानिसहरूसँग मिलेर बस्नको लागि राम्रो रहेको छ। छोटो यात्रा हुने सम्भावना रहेको छ। पारिवारिक जीवनमा आनन्द छाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

शारीरिक तथा मानसिक स्वास्थ्यलाई लिएर सावधान रहनुहोस। अधिक श्रम गर्दा सफलता प्राप्त हुनेछ। शरीरमा स्फूर्तिको संचार हुनेछ ।आर्थिक लाभको लागि समय अनुकुल हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यसदिन तपाई संवेदनशिल रहनुहुनेछ। तपाइको भावनामा ठेस पुग्न सक्छ। सवारी चलाउने समयमा ध्यान राख्नुहोस। कुनै पनि कार्यमा छिट्टो निर्णय लिनुहोस् । कार्य सफलताको लागि अधिक परिश्रम गर्नुपर्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिनको सुरुवातमा नयाँ काम सुरु गर्नका लागि एकदम अनुकूल समय छ। मध्यान्हपछि तपाईमा मानसिक चिन्ता वृद्धि हुनेछ। माताको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

यसदिन तपाई आफ्नो स्वस्र्थी व्यवहारलाई टाढा राख्नुहोस। घर, कुटुम्ब तथा व्यावसायिक क्षेत्रमा समान व्यवहार अपनाउनुहोस्। छोटो यात्रा गर्ने सम्भावना रहेको छ। तपाई नया कार्य गर्नको लागि उत्साहित हुनुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah