मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सांसारिक कुरालाई भुलेर आध्यात्मिक प्रवृत्तिमा संलग्न रहनुहुनेछ। गूढ़ रहस्यमय विद्यातर्फ गहिरो चिन्तन र गहिरो चिन्तनशक्तिले तपाईको मानसिक भारलाई हल्का गर्नेछ। आध्यात्मिक सिद्धि प्राप्त गर्नको लागि राम्रो योग रहेको छ। बोलीमा ध्यान दिनुहोला। नयाँ कार्य सुरुवात नगर्नुहोला।

वृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

जीवनसाथीसँग निकटताको सुख प्राप्त गर्नुहुनेछ। परिवारसँग सामाजिक समारोहमा बाहिर जानुहुनेछ र आनन्दमा समय व्यतित गर्नुहुनेछ। तन-मनबाट प्रसन्नता अनुभव गर्नुहुनेछ। सार्वजनिक जीवनमा प्रसिद्दि मिल्नेछ। व्यापारीको व्यापारमा विकास हुनेछ। आकस्मिक धनलाभ र विदेशबाट समाचार मिल्नेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अधुरो कार्य सम्पन्न हुनेछ र दिन शुभ रहेको छ। परिवारमा आनन्द र उल्लासको माहोल रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। कार्यमा यश र कीर्ति मिल्नेछ। धन प्राप्त हुनेछ। आवश्यक खर्च मात्र हुनेछ । प्रतिस्पर्धिले विजय प्राप्त गर्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वस्थ चित्रबाट दिन व्यतीत गर्नुहोला। शारीरिक र मानसिक रूपले दिन उद्वेगपूर्ण रहनेछ। आकस्मिक धन खर्च होला। प्रेमीबीच वाद-विवाद होला। विपरीत लिंगीय पात्रतर्फ आकर्षण अथवा अत्यधिक कामुक्ताले संकटमा पर्नुहुनेछ। नयाँ कार्यको सुरुवात वा यात्रा नगर्नुहोला।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मानसिक अस्वस्थता रहनेछ , परिवारसँग मनमुटावको स्थिति आउनेछ। जमीन तथा पसल किन्नको लागि अनुकुल समय रहेको छैन। नकारात्मक विचारले निराशा उत्पन्न हुनेछ । जलाशय खतरनाक साबित हुन सक्छ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भावनात्मक सम्बंध स्थापित हुनेछ। भाई- बहिनीसँग मेलमिलाप रहनेछ। मित्र र आफन्तसँग भेट हुनेछ। गूढ़ रहस्यमय विद्याप्रति आकर्षण रहनेछ। विरोधि र प्रतिस्पर्धिले डटेर सामना गर्नेछन्।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मानसिक वृत्ति नकारात्मक रहनेछ। क्रोधावेशमा बोलिमा ध्यान नदिदा पारिवारिक सदस्यसँग विवाद हुनेछ । अनावश्यक खर्च हुनेछ । स्वास्थ्य खराब हुनेछ । मनमा ग्लानि रहनेछ। अनैतिक प्रवृत्ति तर्फ नमोडिनुहोला।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दिन शुभ रहनेछ। शारीरिक र मानसिक रूपले प्रसन्नता रहनेछ। पारिवारिक सदस्यसँग खुशीको समय व्यतीत गर्नुहुनेछ। साथी वा आफन्तको तर्फबाट उपहार मिल्नेछ। प्रियजनसँग भेट हुनेछ। धन लाभ र प्रवासको योग रहेको छ। दाम्पत्यजीवनमा प्रसन्नताको अनुभव हुनेछ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

क्रोधको कारण पारिवारिक सदस्यसँग तथा अन्य व्यक्तिसँग सम्बन्ध बिग्रिनेछ। तपाईको बोलि र व्यवहारमा व्यवहार झगडाको कारण बन्न सक्छ। दुर्घटनाबाट बच्नुहोला। अदालती कामकाजमा सावधानीपूर्ण कदम उठाउनुहोला। व्यर्थको कार्यमा खर्च हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन हर क्षेत्रमा लाभदायक रहेको छ। आफन्त र मित्रसँग भेट हुनेछ। प्रिय व्यक्तिसँग भेट रोमांचक बन्नेछ। विवाहोत्सुक व्यक्तिको वैवाहिक समस्या मामूली प्रयत्नले नै हाल हुनेछ। गृहस्थजीवनमा आनन्द रहनेछ। नयाँ चीज वस्तुको खरिद गर्नुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

हरेक कार्य सरलतापूर्वक हल हुनेछ र सफलता मिल्नेछ। सरकारी कार्य निर्विघ्न पूरा हुनेछ। उच्च पदाधिकारीको व्यवहार सहयोगपूर्ण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपबाट स्फूर्ति महसूस हुनेछ । पदोन्नति र धन प्राप्तिको योग रहेको छ। गृहस्थजीवन आनन्दपूर्ण रहनेछ र मान प्रतिष्ठा वृद्धि हुनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिनको सुरुवात भय र उद्विग्नताको साथ हुनेछ। शरीरमा सुस्ती र थकानको अनुभव हुनेछ। कुनै पनि कार्य पूरा नहुँदा निराशा पैदा हुनेछ। भाग्यले साथ नदिएको प्रतित हुनेछ। सन्तानको चिन्ताको कारण बन्नुहुनेछ। व्यर्थमा पैसा खर्च हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah