महिला विश्वकप छनोट खेलमा इंग्ल्याण्डले लाटभियामाथि सानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा इंग्ल्याण्डले लाटभियालाई २०-० गोल अन्तरले पराजित गरेको हो ।
इंग्ल्याण्डको फुटबलको इतिहासमा यो अहिलेसम्म कै ठूलो जित हो । यसअघि सन् २००५ मा इंग्ल्याण्ड हंगेरीमाथि १३-० को जित निकालेको थियो ।
सानदार जित निकाल्ने क्रममा क्रममा चार खेलाडीले ह्याट्रिक गरे । मिड, इलेन ह्वाइट, हेम्प र रुसोले ह्याट्रिक गरेका हुन् । खेलमा १० खेलाडीले गोल गरेका थिए ।
मिडले खेलको तेस्रो मिनेटमै गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि उनले १२ औं र २३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । हेम्पले १८ औं, ४४ औं, ७६ औं र ८८ औं मिनेटमा गोल गरिन् ।
त्यस्तै ह्वाइटले छैटौं, नबौं र ४९ औं मिनेटमा गोल गरिन ।
इंरुसोले ७१ औं, ८१ औं, ८२ औं मिनेटमा गोल गरिन् । टोनीले ४२ औं, स्टावेले ५२ औं, कार्टेरले ५६ औं, इंग्ल्याण्डले ६१ औं र ८४ औं र स्कटले ६७ औं तथा नोब्सले ८० औं मिनेटमा गोल गरिन् ।
खेलमा इंग्ल्याण्डले ६४ पटक लाटभियाको गोलपोस्टमा प्रहार गरेको थियो । जसमा ३१ पटक प्रहार तार्गेटमा लाग्दा २० गोल भएको थियो । यता लाटभियाभने इंग्ल्याण्डमो पोस्टमा एकपटक पनि प्रहार गर्न पाएन ।
जितसँगै समूह ‘डी’मा रहेको इंग्ल्याण्ड ६ खेलबाट १८ अंक जोड्दै अंकतालिकाको र्शीषस्थानमा रहेको छ । पराजित लाटभिया अहिलेसम्म अंक जोड्न सकेको छैन । लाटभियाले पाँच खेलमा पाचै हार बेहोरेको छ ।



