इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको आगामी सिजनका लागि सहभागी ८ टोलीले २७ खेलाडीलाई आबद्ध गरेका छन्। उनीहरुका लागि २ सय ६९ करोड भारतीय रुपैयाँ खर्चिइएको छ। तीमध्ये १९ भारतीय र ८ जना विदेशी खेलाडी छन्। भारतीय खेलाडीमध्ये ४ जनाले यसअघि आईपीएल खेलेका छैनन्।

चेन्नई सुपर किङ्सले ४, दिल्ली क्यापिटल्सले ४, कोलकाता नाइट राइडर्सले ४, मुम्बई इन्डियन्सले ४, पन्जाब किङ्सले २, राजस्थान रोयल्सले ३, रोयल च्यालेन्जर्सले ३ र सनराइजर्स हैदरावादले ३ जना खेलाडीलाई ‘रिटेन’ गरेका छन्। मेगा अक्सनअघि एउटा टिमले बढीमा ४ जनासम्म खेलाडीलाई रिटेन गर्ने सुविधा थियो भने त्यसका लागि ४२ करोड भारतीय रुपैयाँसम्म खर्च गर्न सक्थे।

आईपीएलका लागि एउटा टिमले ९२ करोड भारतीय रुपैयाँसम्म खेलाडीलाई खर्चन सक्ने छन्। अब बाँकी खेलाडी टिमहरुले अक्सनबाट लिनुपर्ने छ।

दिल्लीका कप्तान श्रेयस अय्यर, चेन्नईका फाप डु प्लेसिस, कोलकाताले इयोन मोर्गन, मुम्बईले इसन किसन, ट्रेन्ट बोल्ड, हार्दिक पान्ड्या, पन्जाबले केएल राहुल, राजस्थानले बेन स्टोक्स र जोफ्रा आर्चर, बैंगलोरले देवदुत पड्डिक्कल र हैदरावादले डेभिड वार्नर, रसिद खानजस्ता नाम चलेका खेलाडीहरुलाई रिलिज गरेको छ। यीमध्ये केही खेलाडी आफैले अक्सनमा जाने इच्छा व्यक्त गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन्।

चेन्नईले रवीन्द्र जडेजा (१६ करोड भारु), महेन्द्रसिंह धोनी (१२ करोड भारु), मोइन अली (८ करोड भारु) र रुतुराज गाइक्वाड (६ करोड भारु) लाई रिटेन गरेको छ। दिल्लीले रिसभ पन्त (१६ करोड भारु), अक्सर पटेल (९ करोड भारु), पृथ्वी स (७.५ करोड भारु) र एनरिच नोर्त्या (६ करोड भारु) लाई रिटेन गरेको छ।

कोलकाताले आन्द्रे रस्सेल (१२ करोड भारु), भेनकाटेस अयर (८ करोड भारु), वरुण चक्रवर्ती (८ करोड भारु) र सुनिल नारिन (६ करोड भारु) लाई रिटेन गरेको छ। मुम्बईले रोहित शर्मा (१६ करोड भारु), जसप्रित बुमराह (१२ करोड भारु), सूर्यकुमार यादव (८ करोड भारु) र कायरन पोलार्ड (६ करोड भारु) लाई रिटेन गरेको छ।

पन्जाबले मायांक अग्रवाल (१२ करोड भारु) र अर्सदीप सिंह (४ करोड भारु) लाई रिटेन गरेको छ। राजस्थानले सन्जु सामसन (१४ करोड भारु), जोस बटलर (१० करोड भारु) र यसवन्त जैसवाल (४ करोड भारु) लाई रिटेन गरेको छ। ब‌ैंगलोरले विराट कोहली (१५ करोड भारु), ग्लेन म्याक्सवेल (११ करोड भारु) र मोहम्मद सिराज (७ करोड भारु) लाई रिटेन गरेको छ।

हैदरावादले केन विलियमसन (१४ करोड भारु), उमरान मलिक (४ करोड भारु) र अब्दुल समाद (४ करोड भारु) लाई रिटेन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah