नेपाल क्रिकेट संघ (क्यान) ले गठन गरेको प्रशिक्षक छनोट समितिले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको प्रमुख प्रशिक्षकका लागि पाँच जनासँग अन्तर्वार्ता लिएको छ।

नेपाली टिमको आवेदन दिएका मध्ये पाँच जनासँग हिजो बुधबार अन्तर्वार्ता लिइएको क्यानले जनाएको छ।
क्रिकेट टिमको प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका थिए। जसमा पहिलो चरणमा १५ जनाको नाम छनोट गरिएको थियो।

पहिलो चरणको छनोटमा परेका १५ जनमध्ये अनुभव र योग्यतामा अघि रहेका ५ जनासँग अन्तर्वार्ता लिने छनोट समितिले निर्णय गरको थियो।
अब अन्तर्वार्ता लिइएका पाँच जना मध्ये एक जना नेपाली टिमको प्रशिक्षक नियुक्त हुनेछन्।
प्रशिक्षक नियुक्त गर्नुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग छलफल गरिने क्यानले जनाएको छ।

तीन महिनाअघि डेभ वाटमोरले सम्झौता अगावै नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah