प्रकाश जैशी एक्लैले ८ विकेट लिएको खेलमा कर्णाली प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । बिहीबार प्रतियोगिताको अन्तिम खेल खेल्दा कर्णालीले प्रदेश नम्बर–२ माथि २ विकेटको जित निकालेको हो ।

यो हारसँगै प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । ६ खेल खेलेको प्रदेश–२ चार अंकसहित तालिकाको पुछारमा रह्यो । समान अंक जोडेको कर्णाली पुछारबाट दोस्रो स्थानमा छ ।
मूलपानी क्रिकेट मैदानमा प्रदेश–२ ले दिएको ४६ रनको समान्य लक्ष्य कर्णालीले १३ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

कर्णालीका लागि प्रकाश जैशीले १६ रन बनाउनबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ प्रदेश–२ का लागि विवेक यादवले सर्वाधिक ६ विकेट लिए । ६ ओभर ३ बल बलिङ गरेका उनले एक मेडन ओभरसहित १२ रन खर्चे । विवेक यादवले दुई विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको प्रदेश–२ ले १३ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ४५ रन बनाएको थियो । प्रदेश–२ का लागि शून्य साहले १२ रन बनाउँदा सन्तोष कार्कीले ११ रन जोडे । त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका लागि प्रकाश जैशीले सर्वाधिक ८ विकेट लिए । ६ ओभर ४ बल बलिङ गरेका उनले तीन मेडन फाल्दा १६ रन खर्चे । अनुज चनाराले दुई विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah