‘बुलबुल’ फिल्मबाट चर्चा कमाएका निर्देशक विनोद पौडेलले आफनो दोस्रो फिल्म ‘रबर सिटी’ को घोषणा गरेका छन्।
बुधवार फिल्मको पोष्टर सार्वजनिक गर्दै निर्माता अविरल थापाले आगामी मार्चमा यसको सम्पूर्ण छायांकन अमेरिकामा हुने जानकारी दिए। थापासँगै फिल्मका अन्य निर्मातामा राजु पौडेल ,भक्त रिजाल,किर्तना बाँस्कोटा र यातिन पर्खानी छन्।

निर्माता थापाले हाल फिल्मको तयारीका लागि निर्देशक पौडेल अमेरिकामै रहेको र अनुमानित पाँच लाख डलर अर्थात् छ करोडमा निर्माण सम्पन्न गर्ने आँकलन गरिएको बताए।

‘रबर सिटी’ को मुख्य भूमिकामा हालसम्म साँघुरो फिल्ममा काम गरिसकेका सुशांक मैनाली र राधा लम्साल भावु तय भएको र बाँकी कलाकार भने नयाँ नै हुने विनोद पौडेलले बताएका छन्।

‘रबर सिटी’ ले भुटानी शरणार्थीको पुनर्वासपछिको कथा भन्ने छ। अमेरिकाको ओहायो राज्यअन्तर्गत एक्रोन सहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि सो सहर पुन: गुलजार बनेको थियो।

फिल्मको कथा पटकथा निर्देशक पौडेलले नै लेखेका हुन् भने अमेरिकामै रहेका अंकित पौडेलले यसको छायांकन गर्ने छन्।
फिल्मको काम अघि बढाउन फेब्रुअरीमा अमेरिका प्रस्थान गर्न लागेको निर्माता थापाले जानकारी दिएका छन्।
निर्देशक पौडेलको सन् २०१९ मा सार्वजनिक बुलबुलले समीक्षकहरुबाट प्रशंसासँगै राष्ट्रिय पुरस्कारसमेत जितेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah