दैलेखमा एचआईभी÷एड्सबाट २ सय ३० जना संक्रमित छन् । संक्रमित मध्ये २२ जना बालबालिका रहेका छन् । २ सय ३० जना संक्रमित मध्ये १९२ जनाले नियमित एनआरटी औषधी सेवन गरहेका कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापन थीरप्रसाद रेग्मी बताए ।
स्वास्थ्य व्यवस्थापन रेग्मीले भने, ‘जिल्लामा कुल एचआईभी एड्स संक्रमित मध्ये २२ जना बालबालिका हुनुहुन्छ,’ एचआईभी एड्स प्रभावित बालबालिकाहरुलाई बार्षिक ६ हजार रुपैयाँ उपलब्ध गराएका छौँ ।’ संक्रमितहरुका लागि एनआरटी औषधी स्वास्थ्य सेवा कार्यालय दैलेख र स्वास्थ्य चौकी राकमकर्णालीबाट सहजै उपलब्ध गराउँदै आएको रेग्मीले बताए । एचआइभी संक्रमित सबै भन्दा बढी दैलेखको आठविस नगरपालिकामा रहेका छन् ।
यता दैलेख प्लसले समेत एचआईभी एड्स प्रभावित बालबालिकाहरुलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । दैलेख प्लसका जनक शाहीका अनुसार सेभ द चिल्ड्रेन÷ग्लोबल फण्डको सहयोगमा बालबालिकालाई रकम प्रदान गरिँदै आएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्लामा एचआईभी संक्रमित व्यक्तिहरुको अवस्था चिन्ताजनक नरहेको पाईएको छ । यद्धपी एच.आई.भी.÷एड्स संक्रमितहरुमाथी समाजमा हुने भेदभाव अवहेलना अन्त्य हुन सकेको छैन् । विश्व एड्स दिवस मनाउन लागेको ३३ वर्ष पुरा भइसकेको छ । तर, संक्रमितप्रतिको भेदभाव र लाञ्छना भने हटिसकेको छैन ।
गएको बुधबार ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ ३४ औँ विश्व एड्स दिवस मनाईएको छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउनुपर्ने आवश्यक सरोकारवाला निकायहरुले जोड दिएका छन् ।



