भारतको नयाँ दिल्लीमा ओमोक्रन भेरियन्टको पहिलो केस पुष्टि भएको छ। तान्जिनियाबाट फर्किएका एक व्यक्तिमा कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएको दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।

‘अहिलेसम्म विदेशबाट आएका १७ जना मानिसमा कोभिड १९ पोजेटिभ देखिएको छ। सबैलाई अस्पतालमा भर्ना गरिएको छ,’ जैनले भनेका छन्।

दिल्लीमा पहिलो केस भेटिए पनि भारतमा भेटिएको ओमोक्रनको यो पाँचौं केस हो। पहिलो पटक दुई केस कर्नाटकमा देखिएको थियो। बाँकी दुई केस गुजरात र महाराष्ट्रमा भेटिएको थियो।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ओमोक्रन भेरियन्टको सन्दर्भ उठाउँदै अन्तर्राष्ट्रिय फ्लाइट रोक्नका लागि आग्रह गरेका थिए। दक्षिण अफ्रिकमा १० दिन अघि ओमोक्रन भेरियन्ट पुष्टि भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah