दाङका ६ ओटा पालिकामा आइतवारदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन शुरु गरिएको हो ।

जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीवारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जानकारी दिएको हो ।

ती पालिकाका करीब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ । यस पटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने भएको छ ।

यसअघि गत मंसिर १२ गतेदेखि १७ गतेसम्म तुलसीपुरसहित पश्चिम दाङको शान्तिनगर, दङगीशरण र बबई गाउँपालिकामा भेरोसेलको पहिलो मात्रा खोप लगाइएको थियो ।

उनीहरुलाई आउँदो पुस ४ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah