नोभेम्बरको अन्तिम साता पत्ता लागेको कोरोनाको नयाँ भेरियन्टले विश्वभर अनिश्चितता र डर पैदा गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार ओमिक्रोन भेरियन्ट विश्वका ४१ भन्दा बढी देशमा फैलिसकेको छ ।यद्यपि, ओमिक्रोन भेरियन्टबाट अहिलेसम्म कसैको पनि मृत्यु भइसकेको भने छैन । तर, तीव्र गतिमा बढ्दै गएको संक्रमणका कारण अमेरिका, दक्षिण अफ्रिकालगायत युरोपका धेरै देशका अस्पतालमा संक्रमितको संख्या भने बढ्दो क्रममा रहेको छ । यसको कम्युनिटी स्प्रेड अमेरिका–युरोपमा पनि सुरु भएको छ ।
दक्षिण अफ्रिका र अन्य देशका वैज्ञानिकहरू ओमिक्रोनले अझ गम्भीर रोग निम्त्याउने बताएका छन् । हाल बनेका कोरोनाविरुद्धका खोपहरू ओमिक्रोनप्रतिरोधी छ कि छैन भनी पत्ता लगाउन काम कार्य पनि भइरहेको छ । दक्षिण अफ्रिकाका डाक्टरहरू र विज्ञहरूले प्रारम्भिक अध्यन र अनुसन्धाबाट संक्रमण धेरै हल्का भएको आश्वासन दिइरहेका छन्।दक्षिण अफ्रिकामा गत साता ओमिक्रोनका २३०० केस थिए भने शुक्रबार १६ हजार केस आएका छन् । ओमिक्रोन संक्रमितको संख्या यकिन नभए पनि ७० प्रतिशतभन्दा बढी ओमिक्रोनबाटै रिपोर्ट गरिएको छ।

ओमिक्रोन फैलिएका देशहरू :
दक्षिण अफ्रिका, सेनेगल, बोत्सवाना, मेक्सिको, नेपाल, भारत, नेदरल्याण्ड, हङकङ, इजरायल, बेल्जियम, बेलायत, जर्मनी, अष्ट्रेलिया, इटाली, चेक रिपब्लिक, डेनमार्क, अस्ट्रिया, क्यानडा, स्वीडेन, स्विजरल्याण्ड, स्पेन, पोर्चुगल, जापान, फ्रान्स, घाना, दक्षिण कोरिया, नाइजेरिया, ब्राजिल, नर्वे, अमेरिका, साउदी अरेबिया, आयरल्याण्ड, संयुक्त अरब इमिरेट्स, रुस, नामिबिया, थाइल्याण्ड, क्रोएसिया, अर्जेन्टिना, श्रीलंका, मलेसिया र सिंगापुर।

थाइल्याण्ड र नेपालमा भेटिए ओमिक्रोनका केस :
थाइल्याण्डको रोग नियन्त्रण विभागका महानिर्देशक ओपुस कर्नाकाविनपोङले नोभेम्बर २९ मा स्पेनबाट थाइल्याण्ड आएका अमेरिकी नागरिकमा थाइल्याण्डमा पहिलो ओमिक्रोन संक्रमण भेटिएको बताएका छन् । यसरी ओमिक्रोन भएको थाइल्याण्ड ४१औँ देश हो। थाइल्याण्डमा ५७ प्रतिशत मानिसहरूले खोपको दुवै डोज लगाएका छन्।
सोही क्रममा नेपाल स्वास्थ्य मन्त्रालयका उपप्रवक्ता समिर अधिकारीले सोमबार नेपालमा दुई जनामा ​​ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको जानकारी दिए । तीमध्ये एक नेपाली र एक विदेशी रहेका छन् । यसैबीच, जापानले सोमबार ओमिक्रोन संक्रमणको तेस्रो केसको पुष्टि गरेको छ।

च्युइङगमबाट हुने संक्रमण रोक्ने प्रयास गर्दै :
अमेरिकी वैज्ञानिकहरूले कोरोना भाइरसलाई रोक्न सक्ने यस्तो च्युइङगम बनाउने काम सुरु गरेको छ। यसका लागि बिरुवाबाट प्रोटिन प्रयोग गरिन्छ। वैज्ञानिकहरूका अनुसार एसीई-२ नामक प्रोटिनले मानिसको मुखमा हुने भाइरसको सङ्ख्या कम गर्न मदत गर्छ।
यसरी संक्रमित व्यक्तिबाट भाइरस सर्ने सम्भावना कम हुनेछ । युनिभर्सिटी अफ पेन्सिल्भेनियाका हेनरी डेनियलका अनुसार यो भाइरस संक्रमित व्यक्तिको खोक्दा, हाच्छ्युँ गर्दा वा बोल्दा पनि सर्छ तर यो विशेष प्रोटिन भएको च्युइङगमले मुखबाट भाइरस सर्ने संख्या कम हुन्छ। यसो गर्दा वातावरणमा फैलिने भाइरस कम हुनेछ। वैज्ञानिकहरू हाल यसको परीक्षणका लागि कानुनी अनुमति पर्खिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय