काठमाडौँ /  स्वास्थ्यमन्त्री गगन थापाले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  नेपाल अपाङ्ग महिला सङ्घको १७ औँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री थापाले अपाङ्गता भएका महिलालाई प्रजनन् स्वास्थ्यमा झन् समस्या हुने भएकाले त्यस्ता समस्या सम्बोधनका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाउनुभयो ।

आफ्नो हक अधिकार सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्तिहरु एक भएर अघि बढ्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।  सङ्घका अध्यक्ष निर्मला धितालले अझैसम्म पनि अपाङ्गता भएका व्यक्तिलाई समाजले फरक दृष्ट्रिकोणबाट हेर्ने गरेको गुनासो गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय