काठमाडौं । नेपालमा अहिले रहेका कोभिड–१९ का सक्रिय संक्रमित मध्ये झन्डै ३० प्रतिशत काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका छन् । देशभर ५ हजार ८८३ जना सक्रिय संक्रमित रहँदा काठमाडौं उपत्यकामा १ हजार ७१५ जना रहेका छन् । यो कुल संख्याको २९.१५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंसिर २५ गतेको तथ्यांक अनुसार काठमाडौंमा ६३५, भक्तपुरमा ४८० र ललितपुरमा ६०० जना सकिंय संक्रमित रहेका छन् ।

जसमध्ये काठमाडौंका १३ वटा कोभिड अस्पतालहरुमा १४१ जना विभिन्न कक्षमा उपचाररत छन् । अन्य संक्रमित होम आइसोलेसनमा छन् । कास्की, सुनसरी, बाँके र कैलाली अझै पनि कोभिड संक्रमणको जोखिमका हिसाबले हट स्पटको सूचीमा छन् ।
सक्रिय संक्रमितको संख्या अहिले कास्कीमा २७७, सुनसरीमा २७०, कैलालीमा २६२ र बाँकेमा २०२ रहेको छ ।
त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा हुम्ला र सल्यानमा सक्रिय संक्रमितको संख्या शून्य भएको छ । यी बाहेक अन्य जिल्लामा दुईदेखि दुई सय जनासम्म सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah