दमक/झापाको दमकलाइ मार्सलआर्ट खेलको ‘तीर्थस्थल’ बनाउने अभियान शुरु भएको छ । बेलायतमा मार्सल आर्टमा ठूलो छवि बनाएर बिश्वमा नै चर्चित रहेका मास्टर राइको पहलमा दमकमा मार्सलआर्ट खेलको बिकासका लागि बिभिन्न संरचनाहरु बनाउनेदेखि लिएर बिभिन्न इभेन्टसम्मका परियोजनाहरु शुरु भएकाछन् ।

दमकमा सगरमाथ मल्टि मार्सल आर्ट एशोशियसन नेपाल सरकारसंग अनुमति लिएर काम गर्दै आएकाछन् । सोमबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशवबहादुर बिष्ठले संघले बनाउदै आएको बहुआयमिक खेलकुदको हल समेत निरिक्षण गरेकाछन् ।

उनले बेलायतमा रहेर राइले नेपालको छबि उच्च बनाएको प्रशंशा गर्दै नेपालमा पनि त्यहि प्रकारको काम हुनु प्रशंशनीय भएको बताए ।

सो अवसरमा उनले अब खेलकुदमा लागेर कसैले पछुताउनु नपर्ने बताए । उनले बिदेश जाँदा आफूले यि खेलको बिषयमा क्रेज देखेर आएको बताउदै नेपालमा यसको बिस्तार हुदै गएकाले राज्यको तर्फबाट र आफ्नो तर्फबाट सबै प्रकारको सहयोग रहने जनाए ।

सो अवसरमा राइले आफूहरुले अभावमा यो खेलकुद क्षेत्रमा लागेको बताउदै अब दमकमा त्यो हुन नदिने जनाए । उनले दमकलाइ मार्सल आर्टको तिर्थस्थलको रुपमा बिकास गरिने आफ्नो सोच रहेको उल्लेख गरे । सो अवसरमा संघका अध्यक्ष दीपक धिमाललाइ अन्तराष्ट्रिय सम्बद्धताको प्रमाण पनि उपलब्ध गराइएको थियो ।

साँसद महेन्द्रकुमारी सुब्बा लगायतले बोलेको कार्यक्रममा शसस्त्र प्रहरी बल पाथिभरागणका गणपती प्रेमराज पोखरेल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah