मान्छेको सुन्दरता दाँतको सुन्दरतासँग पनि जोडिएको हुन्छ। हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो ।

गफ गर्दा या हाँस्दा दाँत राम्रो देखिएन भने राम्रो देखिँदैन । त्यसैले दाँत सफा या चम्किलो बनाउन आवश्यक हुन्छ। त्यसका लागि दैनिक टुथपेस्टले ब्रस गर्दैमा दाँत राम्रो हुन्छ भन्ने हुँदैन।

अन्य सामान्य घरेलु चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ। आज हामीले २ दिनमै दाँत चम्काउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ । यी हुन् दाँत चम्काउने घरेलु उपाय:-

कागती र नुन: सातामा दुई पटक नियमित कागतीमा नुन मिसाएर दाँतमा लगाएर एकछिन पानीले धुने गर्नाले दाँत सेतो हुनुका साथै दाँतमा किरा लाग्नबाट बचाउँछ ।

सुन्तला: नियमित रूपमा सुत्नु अगाडि सुन्तलालाई दाँतमा नियमित लगाउनाले दाँत स्वस्थ हुनुका साथै सेता देखिन्छन्। सुन्तलामा हुने भिटामिन सी र क्याल्सियमले दाँतमा हुने किटाणुबाट बचाई दाँत सफा राख्न सहयोग गर्छन् ।

स्ट्रबेरी: स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने। दैनिक दुई पटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ। यस्तै, स्ट्रबरीलाई आधा चम्चा बेकिङ पाउडरमा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने अनि त्यसलाई पखाल्ने। त्यसपछि टुथपेस्टले सफा गर्ने गर्नाले पनि दाँत चम्किन्छ। स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन सहयोग गर्छ ।

तुलसीको पात: तुलसीको पातलाई घाममा सुकाई त्यसलाई पिसेर पाउडर बनाएर पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस तथा पत्तालाई सर्स्युंको तेलमा मिलाएर दाँत सफा गर्ने गर्नाले दाँत चम्किन्छ ।

दैनिक स्याउ सेवन: दैनिक स्याउ खानाले दाँतका लागि फाइदा हुन्छ। यसलाई राम्ररी चपाएर खाने गर्नाले स्याउमा हुने एसिड र फाइबरले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah