अहिले अष्ट्रेलियामा प्रतिष्ठित बिग बास लिग (बीबीएल) चलिरहेको छ । बीबीएललाई आईपीएलपछिको चर्चित लिगको रूपमा हेरिन्छ । यो लिगमा पनि विश्वकका चर्चित खेलाडीको सहभागिता रहने गरेको छ ।

बीबीएलमा पनि आक्रामक ब्याटरको अभाव छैन । यसैबीच, मंगलबार बीबीएलको एक म्याचमा ब्याटरको हिर्काएको बल लाग्दा दर्शकको टाउको फु’टेको छ । पर्थ स्कोरचर्सविरुद्धको खेलमा होबार्ट हरिकेन्सका ब्याटर बेन म्याक्डमोर्टले हिर्काएको बल लाग्दा दर्शकको टाउको फु’टेको हो ।

६.६ ओभरमा म्याक्डमोर्टले एन्ड्रयू टायको बलमा छक्का हिर्काएको थिए । सो बल मैदान बाहिर बसिरहेका दर्शकले पक्रने प्रयास गरेका थिए । तर, उनले बल समात्न सकेनन् । र, सो बल उनको निधारमा लाग्यो । बल लागेपछि उनको निधारबाट रग’त बगेको थियो ।

बल निधारमा लागेपछि ती दर्शक केहीबेर घोप्टो परेका थिए । यद्यपि उनी खुसीका साथ उभिएका थिए । त्यसबेला स्पष्ट उनको निधारमा रग’त देखिन्थ्यो । म्याक्डमोर्टले पनि सो दृश्य देखे । त्यसपछि उनले पटकपटक ती दर्शक भएकोतिर नजर लगाइरहेका थिए ।

कस्तो रह्यो सन्दीपको प्रदर्शन?

अघिल्लो खेलमा विकेटविहीन रहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज भने महत्वपूर्ण एक विकेट लिए । उनले आफ्नो ओभरको पहिलो बलमै जोश इंग्लिशलाई २ रनमा आउट गरे । उनले जोशलाई क्याच आउट गराएका थिए ।

पहिलो ओभरका सन्दीपले महत्वपूर्ण एक विकेटसहित ५ रन खर्चिए । दोस्रो ओभरमा भने सन्दीपले एक छक्कासहित बिनाविकेट १० रन दिए । उनले आफ्नो तेस्रो ओभरमा बिनाविकेट ११ रन खर्चन पुगे ।

सन्दीपले यो ओभरमा दुई चौकासहित ११ रन दिएका हुन् । उनले चौथो ओभरमा एक चौकाको साथ बिनाविकेट ७ रन खर्चिए । सन्दीपले आज समग्र ४ ओभरमा ८ इकोनमीमा ३१ रन दिएर एक विकेट लिए ।

पहिलो खेलमा सन्दीपले एक विकेटसहित २४ रन दिएका थिए । दोस्रो खेलमा उनले पटकपटक क्याच आउटको मौका दिए पनि होबार्टले खराब फिल्डिङ गर्‍यो । सो खेलमा सन्दीपले बिनाविकेट २४ रन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah