काठमाडौं–विवाहित महिलाहरूका लागि आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’को फिनालेमा २४ महिलाबीच प्रतिष्पर्धा हुने भएको छ । आगामी पुष १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा हुने ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ ।
करिब १ महिने प्रशिक्षणपश्चात सम्पन्न हुने प्रतियोगितामा रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानियाँ, जयन्ती राई, बिनिता कुइँकेल, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ्ग तामाङ्ग, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दिक्षा केसी, पार्वती गिरी, सिर्जना सुबेदी, निरन्जना भेटवाल, समिक्षा कार्की र माला सुनारका साथमा अभिनेत्री उषा रजक पनि सहभागी छिन् ।



