बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकासँग खेल्दै छ। पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाल जित हात पार्नैपर्ने दबाबमा छ। यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ। प्रतियोगितामा दुई खेल खेलिसकेको श्रीलंकाले अंक जोड्न सकेको छैन। पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग समान ५-० गोलले पराजित भएको थियो।
अंक तालिकामा दुई खेलबाट ४ अंक भएको बंगलादेश शीर्षस्थानमा छ।
एक खेल खेलेको भारतको ३ अंक छ भने दुई खेल खेलेको भुटानको ३ अंक छ। पाँच टोली सहभागी रहेको यस प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।



