साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले सानदार जित हात पारेको छ। बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोलले पराजित गरेको हो।

नेपालले दुवै हाफमा तीन तीन गोल गरेको थियो। नेपालका लागि सविता रानामगरले दुई गोल गर्न सफल भइन्।
पाँचौ मिनेटमा रश्मीकुमारी घिसिङको गोलबाट नेपालले अग्रता लियो।
छैटौं मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन्। ४३ मिनेटमा कुसुम खतिवडाले गोल गरेपछि नेपाल पहिलो हाफमा ३-० ले अघि रह्यो।

४८ मिनेटमा रजनी थोकर नेपालका लागि चौथो गोल गरिन्। ५३ मिनेटमा सविताले टिमका लागि पाँचौ र व्यक्तिगत दोस्रो गरिन्। ८५ मिनेट मेनुकाकुमारी आलेले फ्रिकिकमार्फत गोल गर्न सफल भइन्।

यसअघि नेपालले पहिलो खेलमा आयोजक ब्गलादेशसँग गोलरहित बराबरी खेल्दै एक अंक जोडेको थियो।
नेपालले अब तेस्रो खेलमा भुटानसँग आगामी शुक्रबार खेल्नेछ भने अन्तिम खेलमा आइतबार भारतसँग भिड्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah