नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ज्ञानेन्द्र मल्लाई मतमुक्त गर्दै नयाँ कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । अब टिमको कप्तानी २१ वर्षीय लामिछानेले गर्नेछन् ।
क्यानले मल्ललाई पदमुक्त गरेर सन्दीपलाई नयाँ कप्तान बनाएपछि अहिले नेपाली क्रिकेटमा आ’तंक म’च्चिएको छ । नेपालमा मात्र नभएर भारतीय मिडियाले पनि नेपाली क्रिकेटभित्रको विवादबारे समाचार लेखेका छन् । भारतीय चर्चित खेलुकद अनलाइन स्पोट्सकीडाले पनि नेपाल क्रिकेट बारेमा चर्चा गरेको छ ।
‘नेपालले २१ वर्षीय लेगस्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको रूपमा नियुक्त गर्ने घोषणा गरिसकेको छ । क्यानले मल्ललाई कप्तानीबाट हटाउनुका साथै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पनि बर्खास्त गरेको छ, त्यसैले अब सन्दीप कप्तान बन्नेछन्,’ स्पोट्सकीडाले लेखेको छ ।
उसले अगाडि लेखेको छ, ‘मल्ल र ऐरीलगाताय अरू खेलाडीको क्यानसँग विवाद थियो । त्यसैले क्यानले यी खेलाडीलाई ६ महिनाको लागि केन्द्रीय अनुबन्धबाट हटाएको छ । नेपाल फेब्रुअरीमा टी-२० विश्वकप ग्लोबल क्वालिफायरका म्याच खेल्न ओमान जानेछ, सन्दीपको यो पहिलो कप्तानी सिरिज हुनेछ ।’



