काठमाडौ । भक्तपुरमा रातिको समयमा चार तले घरबाट १५ वर्षकी युवती खसेकी छन् । उनको उपचारका क्रममा अस्पतालमा निधन भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको मृ’त्यु भएको हो । उनी रातिको समयमा घरको चार तलाबाट खसेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। परिवारका सदस्यले उनलाई भोलीपल्ट विहान मात्र देखेका थिए । शुक्रवार बिहान सवा ६ बजे उनी घाइते अवस्थामा फेला परे पछि अस्पताल लगिएको थियो । बुवा हरिनारायणले छोरीलाई घाइते अवस्थामा देखेपछि अस्पताल लगेको बताएका छन् ।

उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ६ बजे मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। किशोरी ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन्। किशोरी रातिकै समयमा किन माथि गइन् र कसरी खसिन् भन्ने कुराको अनुसन्धान प्रहरीले सुरु गरेको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटिएको प्रहरीले बताएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah