लागूऔषध कारोबार आ’रोपमा पक्राउ परेका र्‍यापर आशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । उनीहरु बुधबार राति करीब ७ बजेतिर लागूऔषधसहित पक्राउ परेका थिए जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ गरेको थियो ।बिहीबार सार्वजनिक बिदा भएका कारण शुक्रबारमात्रै अनुसन्धानका लागि अदालती प्रक्रिया थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार लागूऔषध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो ।पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो । ‘सबै गरेर उहाँहरुबाट १३.०१ ग्राम ब्राउन सुगर फेला परेको छ,’ प्रवक्ता तिवारीले भने । प्रहरीले उनीहरुबाट डिजटल तराजु १ थान, ३८,३५० रुपैयाँ नगद, ५ सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको एउटा स्कुटर बरामद गरेको छ ।प्रहरी स्रोतका अनुसार युवापुस्तामाझ चर्चित लाउरे भनिने आशिष रानाले लागूऔषध सेवन गर्ने स्वीकारिसकेका छन् । ‘

लाउरेले ड्रग नलिँदासम्म स्टेज नै उक्लिन सक्दिनँ भनेर प्रारम्भिक बयानमा भन्नु भएको छ,’ प्रहरी स्रोतले भन्यो ।कारोबार पुष्टि भएको खण्डमा र्‍यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।पोखरा नयाँबजारका राना ‘रअ बाज’ र्‍याप ब्याटलपछि चर्चामा आएका थिए । पछि उनले लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनले गीतसंगीत हुँदै तान्डव नामक फिल्ममा समेत कलाकारका रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah